लायन्सद्वारा गैँडाकोटका २०० घरधुरीलाई राहत वितरण

गैंडाकोट, २५ असोज । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसिआइएफ) बाट EMR29331-325R परियोजनामार्फत प्राप्त सहयोगबाट आइतबार बाढी प्रभावित परिवारलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरिएको हो । गत असोज ११ […]
११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन माडीमा हुने

चितवन, २१ असोज । थारू भाषा, साहित्य, कला, संस्कृति र इतिहासको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धन गर्ने उद्देश्यले ११औँ थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी २०८३ पुस १० र ११ गते चितवनको माडी नगरपालिका–३, बघौडामा आयोजना हुने भएको छ । सम्मेलनको तयारीलाई आयोजकले तीव्रता दिएको छ । थारू लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा गत वर्ष २०८२ […]
नारायणीमा बाढीको जोखिम बढ्यो, सतह खतरा तह नजिक

भरतपुर, १० असोज । लगातारको वर्षापछि नारायणी नदीको बहाव तीव्र रूपमा बढेको छ । शनिबार साँझसम्म नदीको पानीको सतह ८ दशमलव ९३ मिटर पुगेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नारायणी बेसिन कार्यालय चितवनका अनुसार नदीमा ७ दशमलव ३० मिटरलाई सतर्कता तह र ९ मिटरलाई खतरा तह मानिन्छ । पछिल्लो मापनअनुसार नदीको सतह खतरा […]
नेपालमा वर्षासँगै ठूलो हावाहुरीको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

भरतपुर, १० असोज । नेपालमा आज शनिबार वर्षासँगै हावाहुरी र चट्याङको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला दिनमा सक्रिय मौसम प्रणालीका कारण देशका विभिन्न भूभागमा वर्षाको मात्रा बढ्नुका साथै केही क्षेत्रमा तीव्र हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको हो । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको […]
‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ नीलम कार्की निहारिकाको ‘राजमाता’लाई

भरतपुर, ७ असोज । कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ । पुरस्कार […]
कृष्णभीरमा १८ दिनपछि दुईतर्फी यातायात सञ्चालन

भरतपुर, १ असोज । त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर सडकखण्ड पुनर्स्थापना गरी आज बिहान ६ बजेदेखि सबै प्रकारका सवारीसाधन दुईतर्फी सञ्चालनमा आएका छन् । सडक विभागले नयाँ ट्र्याक निर्माण तथा सडक पुनर्स्थापनाको काम सम्पन्न गरेपछि यातायात सञ्चालनमा ल्याइएको हो । भदौ १० र १४ गते आएको बाढी तथा नदी […]
कृष्णभीरमा आजैदेखि गाडी चलाउने तयारी

धादिङ, २८ भदौ । त्रिशूली नदीको बाढीले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा आज बेलुका ४ः३० बजेदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिमखण्डका अनुसार कृष्णभीरमा निर्माण गरिएको वैकल्पिक ट्र्याकलाई सवारी सञ्चालनयोग्य बनाउन ग्रेड मिलाउने, ग्राभेल गर्ने र सडकको सतह सुधार गर्ने काम तीव्र गतिमा भइरहेको छ । शनिबारसम्म […]
कवि विष्णु पन्थी ‘विनु’को ‘जेन्जीकी आमा’ सार्वजनिक

गैंडाकोट, २७ भदौ । कवि विष्णु पन्थी ‘विनु’को कवितासङ्ग्रह ‘जेन्जीकी आमा’ सार्वजनिक गरिएको छ । शनिबार गैंडाकोटमा आयोजित कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, प्राडा चूडामणि बन्धु, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका अध्यक्ष प्राडा नारायणप्रसाद खनाल, प्राडा गणेशप्रसाद खराललगायतले कृतिको विमोचन गर्नुभयो । कृति गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानले प्रकाशन गरेको हो । विमोचनपछि कृतिमाथि विपिन पाठक र […]
भरतपुरको गेस्ट हाउस चौर ‘सहिद मैदान’ बन्दै

भरतपुर, ९ भदौ । भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरलाई ‘सहिद मैदान’का रूपमा विकास गरिने भएको छ । जिल्ला समन्वय समिति चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको गेस्ट हाउस चौरको कित्ता नम्बर १९५९ को एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको […]
नारायणीको बहाव बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता

चितवन, २१ साउन । मुहान क्षेत्रमा लगातार परेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ । नदीको बहाव बढेसँगै चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । चितवनमा वर्षा नभए पनि नारायणीको माथिल्लो जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव बढेको हो । बाढी पूर्वानुमान […]
अक्षर समूह चितवनको युगल गजलवाचनमा वासु र समिताको प्रस्तुति

भरतपुर, १२ साउन । अक्षर समूह चितवनद्वारा आयोजित युगल गजलवाचन कार्यक्रममा गजलकार वासु पुष्पा अधिकारी र समिता पौडेल न्यौपानेले आ–आफ्ना १०/१० वटा गजल प्रस्तुत गरेका छन् । मंगलबार साँझ नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित कार्यक्रममा प्रेम, त्याग, समर्पण तथा समसामयिक विषयवस्तुमा आधारित गजल प्रस्तुत हुँदा उपस्थित स्रोताले तालीसहित प्रशंसा गरेका थिए । कार्यक्रमको सुरुवात समिता […]
चितवनमा घुम्ती रक्तदान अभियान निरन्तर, १२ शृङ्खला सम्पन्न

चितवन, २८ साउन । चितवनमा रगतको अभाव न्यूनीकरण गर्दै आकस्मिक अवस्थामा बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको ‘आकस्मिक घुम्ती रक्तदान कार्यक्रम’ निरन्तर विस्तार हुँदै गएको छ । मानवताको लागि रक्त अभियान को आयोजनामा तथा प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर–चितवन को प्राविधिक सहकार्यमा सञ्चालित अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा पुगेर नियमित रूपमा रक्त सङ्कलन […]
लायन्स क्लब अफ रत्ननगर पीस डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित

रत्ननगर, १० साउन । लायन्स क्लब अफ रत्ननगर पीस लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R अन्तर्गत लायन वर्ष २०२६–२७ का लागि डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित भएको छ । क्लबको ११औँ स्थापना दिवस तथा पदस्थापन समारोहका अवसरमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन अफिसर प्रभाकर पण्डितले क्लबलाई औपचारिक रूपमा डिस्ट्रिक्ट मोडल क्लब […]
गैँडाकोटमा धारिलो हतियार प्रहारबाट एकजना घाइते
गैँडाकोट, ३ साउन । नवलपरासीको गैँडाकोट नगरपालिका–१ विकास चोकमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन् । शनिबार भएको घटनामा गैँडाकोट–१ का ४५ वर्षीय लक्ष्मण श्रेष्ठले धारिलो हतियार प्रहार गर्दा २६ वर्षीय सुनील लामा घाइते भएका हुन् । घाइते लामाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न आरोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ […]
चितवन साहित्य परिषद्द्वारा चार स्रष्टा पुरस्कृत

भरतपुर, २८ असार । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा चितवन साहित्य परिषद्ले विभिन्न विधाका चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नारायणी कला मन्दिर र चितवन साहित्य परिषद्को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा ‘चिसाप प्रतिभा पुरस्कार–२०८३’ शान्ति शर्मालाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु. १५ हजार ४५ रहेको छ । […]
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा पुनःस्थापना

चितवन, २७ असार । माडीस्थित ऐतिहासिक तथा धार्मिक पर्यटनस्थल सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका महान् योद्धा एवं तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमाको पुनर्निर्माण सम्पन्न गरी शनिबार अनावरण गरिएको छ । नेपाल एकीकरणकालीन महत्वपूर्ण सैनिक आधारस्थल सोमेश्वरगढीमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना (श्री नयाँ गोरख गण) को सहकार्यमा मर्मत, सम्भार तथा […]
पठन संस्कृतिको विकासमा बहस, विचार र संवाद : अभियानको २०औँ शृङ्खला शनिबार हुँदै

गैँडाकोट, २६ असार । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडअन्तर्गत सञ्चालित विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको संयुक्त आयोजनामा सञ्चालन हुँदै आएको ‘पठन संस्कृति अभियान’ को २०औँ शृङ्खला शनिबार (असार २७ गते) दिउँसो १२ बजे विजय विकास स्रोत केन्द्रको सभाहलमा आयोजना हुने भएको छ । पठन संस्कृतिको प्रवर्द्धन, समसामयिक विषयमा बौद्धिक बहस […]
‘एक विद्यार्थी, एक बिरुवा’ अभियानमा नेपाल पुलिस स्कुल शान्तिपुर

चितवन, २५ असार । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा प्रकृतिप्रतिको उत्तरदायित्वबोध अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पुलिस स्कुल, शान्तिपुर, चितवनले ‘एक विद्यार्थी, एक बिरुवा’ अभियानअन्तर्गत वृक्षारोपण प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । ‘प्रकृति नै जीवनको आधार हो’ भन्ने मूल भावका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक–शिक्षिका तथा नेपाल प्रहरीका कर्मचारीहरूलाई वातावरण संरक्षण, हरियाली विस्तार र प्रकृतिसँगको जिम्मेवार […]
स्थानीय उत्पादन, रोजगारी र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर, २४ असार । गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ । संस्थाले खाद्य सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । होटल सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, सरसफाइ तथा गुणस्तर नियन्त्रणका सबै […]
चितवनमा बढ्दो चिया संस्कृति : अवसरसँगै चुनौती

नेपालमा चिया केवल एक पेय पदार्थ मात्र रहेन, यो आजको सामाजिक, सांस्कृतिक र आर्थिक जीवनको अभिन्न हिस्सा बनेको छ । विशेषगरी चितवनको भरतपुर महानगरपालिकासहित काठमाडौं, पोखरा, बुटवल, धरानलगायतका शहरी क्षेत्रमा पछिल्ला केही वर्षयता चिया पसल, टी–स्टेसन र क्याफेहरूको उल्लेखनीय विस्तार भएको छ । भरतपुरमा चिया दरबार, पञ्चायत, चिया सर्कल, चिया चौतारी, साइनो, चिया इन, चियालय, […]
अपाङ्गता र सामाजिक न्यायको सन्देश बोकेको ‘बदलिएको जीवन’ नाटक भरतपुरमा प्रदर्शन

भरतपुर, ११ असार । अपाङ्गता भएका व्यक्तिप्रति परिवार र समाजको दृष्टिकोण परिवर्तन गर्न तथा सामाजिक न्यायको सन्देश प्रवाह गर्ने उद्देश्यले भरतपुरमा ‘बदलिएको जीवन’ शीर्षकको नाटक प्रदर्शन गरिएको छ । ‘सबल पाइला : सबैका लागि रङ्गमञ्च’ अभियानअन्तर्गत देशका विभिन्न स्थानमा नाटक मञ्चन गर्दै आएको टोलीले बिहीबार भरतपुर महानगरपालिका–७ कृष्णपुरस्थित चेतना भिलेजमा नाटक प्रस्तुत गरेको हो । […]
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

भरतपुर, ९ असार । साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा कप्तान लियोनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाए । यससँगै ३८ वर्षीय मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन् । […]
नवीनको `दहाड´ कथासङ्ग्रहमाथि गैंडाकोटमा विमर्श

गैंडाकोट, ८ असार । कथाकार नवीन अभिलाषीको कथासङ्ग्रह `दहाड´को देशाटन कार्यक्रमअन्तर्गत गैंडाकोटमा साहित्यिक विमर्श सम्पन्न भएको छ । बिर्तामोड, विराटनगर र हेटौंडामा कार्यक्रम सकेर कथाकार नवीन सोमबार चितवन आएका हुन् । अक्षर समूह चितवनको आयोजनामा द नारायणी रिसोर्ट, गैंडाकोटमा आयोजित कार्यक्रममा टिप्पणीकार कृष्ण विश्वकर्मा सतिसाल र सरिता तिवारीले नेपाली कथा लेखन परम्परामाथि वैचारिक दृष्टि प्रस्तुत […]
चितवनमा दोस्रो ऐतिहासिक रक्तदान महोत्सव, १ हजार २२६ जनाले गरे रक्तदान

भरतपुर, ३१ जेठ । जिल्लामा भइरहने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले चितवनमा आयोजित ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव’ भव्य रूपमा सम्पन्न भएको छ । ब्लड डोनर सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा भएको महोत्सवमा १ हजार २२६ जनाले रक्तदान गरेका छन् । भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित बृहत् रक्तदान कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको सोसाइटीका […]
मुस्ताङको मौलिक स्वाद अब चितवनमै, क्षेत्रपुरमा खुल्दै ‘लिम्बा थकाली’

भरतपुर, २६ जेठ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा मौलिक थकाली खानाको स्वाद पस्कने उद्देश्यसहित ‘लिम्बा थकाली’ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । पछिल्लो समय विभिन्न स्थानमा थकाली खाना खाँदा उपभोक्ताले अपेक्षाअनुसारको स्वाद नपाएको गुनासोलाई ध्यानमा राख्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले जनाएको छ । उपभोक्ताको चाहना र स्वादलाई प्राथमिकतामा राख्दै परम्परागत थकाली परिकार उपलब्ध गराउने लक्ष्यसहित […]
राजनीतिभन्दा परका विषयमा पनि ज्ञान आवश्यक : हरि ढकाल

चितवन, २४ जेठ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा चितवन क्षेत्र नम्बर – १ का प्रतिनिधिसभा सदस्य हरि ढकालले राजनीति मात्रै नभई अन्य विषयमा पनि ज्ञान हासिल गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले समाज पछिल्लो समय राजनीति र सामाजिक सञ्जालमा बढी केन्द्रित बन्दै […]
`पठन संस्कृति हराएको होइन, झन् मौलाएको छ´

भरतपुर, १६ जेठ । ‘पठन संस्कृति : उत्कर्ष कि अपकर्ष ?’ शीर्षकमा शनिबार चितवनमा आयोजित छलफल कार्यक्रममा वक्ताहरूले नेपालमा पठन संस्कृति हराएको नभई समयअनुसार नयाँ स्वरूपमा विस्तार हुँदै गएको बताएका छन् । बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) अन्तर्गत आयोजित उक्त सत्रमा पाठक, लेखक, प्रकाशक तथा पुस्तक व्यवसायीहरूले वर्तमान पठन प्रवृत्ति, पुस्तक छनोट, डिजिटल माध्यमको प्रभाव […]
बागमती साहित्य महोत्सव–२०८३ चितवनमा सुरु, साहित्य र संस्कृतिको संगम

भरतपुर, १६ जेठ । ‘साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको संवर्द्धन’ भन्ने मूल नारासहित बागमती साहित्य महोत्सव–२०८३ (दोस्रो संस्करण) शुक्रबारदेखि चितवनमा सुरु भएको छ । बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना तथा भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानको संयोजनमा नारायणगढस्थित चितवन उद्योग वाणिज्य सङ्घको सभाहलमा महोत्सव सुरु भएको हो । दुई दिनसम्म सञ्चालन हुने महोत्सवको […]
वरिष्ठ साहित्यकार मञ्जुललाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण

चितवन, १४ जेठ । पर्वतीय साहित्य समाजले वरिष्ठ साहित्यकार मञ्जुल लाई ‘प्रतीक ढकाल नियात्रा सौरभ–२०८३’ समर्पण गरेको छ । जयन्ता पवित्रा ढकाल स्मृति कोषद्वारा स्थापित उक्त पुरस्कार मञ्जुल निवासमै आयोजित विशेष कार्यक्रममा समर्पण गरिएको हो । कार्यक्रममा पर्वतीय साहित्य समाजका अध्यक्ष प्रतीक ढकाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष एवं वरिष्ठ साहित्यकार गीता […]
बागमती साहित्य महोत्सव – २०८३ चितवनमा हुँदै

भरतपुर, १४ जेठ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ `बागमती साहित्य महोत्सव २०८३´ चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन हुने आयोजकले जनाएको छ । `साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, बागमती सभ्यताको सम्बर्द्धन´ भन्ने मूल भावसहित […]