अक्षर समूह चितवनको युगल गजलवाचनमा वासु र समिताको प्रस्तुति

भरतपुर, १२ साउन ।
अक्षर समूह चितवनद्वारा आयोजित युगल गजलवाचन कार्यक्रममा गजलकार वासु पुष्पा अधिकारी र समिता पौडेल न्यौपानेले आ–आफ्ना १०/१० वटा गजल प्रस्तुत गरेका छन् ।

मंगलबार साँझ नारायणगढस्थित होटल ह्याप्पी होममा आयोजित कार्यक्रममा प्रेम, त्याग, समर्पण तथा समसामयिक विषयवस्तुमा आधारित गजल प्रस्तुत हुँदा उपस्थित स्रोताले तालीसहित प्रशंसा गरेका थिए ।

कार्यक्रमको सुरुवात समिता पौडेल न्यौपानेको गजलवाचनबाट भएको थियो । वर्षा र बादललाई बिम्ब बनाएर लेखिएको उनको गजलले कार्यक्रमको माहोल सिर्जना गरेको थियो ।

बर्षा भएर बादल भएर
नआउ सधैँ पागल भएर

चर्चा चलायौ शिखर चढायौ
नदेखाउ गहिरो खाडल भएर ।।

त्यसपछि अमेरिकाबाट बिदामा नेपाल आएका गजलकार वासु पुष्पा अधिकारीले आफ्ना सिर्जना सुनाउँदै चितवनका साहित्यिक साथीहरूमाझ गजल प्रस्तुत गर्न पाउँदा खुसी लागेको बताए ।

गति सकियो जीवनको लय सकियो
मेरो पनि बाँचेको अभिनय सकियो

खरानी बन्नु अघि लास मुस्कुराउँछ,
सोच्दो हो आजबाट पराजय सकियो ।।

अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले स्वागत मन्तव्य राख्दै उपस्थित साहित्यप्रेमीप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव विनोदबाबु रिजालले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट