एनपीएल ३ – कर्णाली याक्ससँग जनकपुर बोल्ट्स १९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो ।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हरमित सिंहले १९, मोइन अलीले १९, जेम्स निसमले १५, मयन यादवले १४ र अनिल साहले ११ रन जोडे।

जनकपुरलाई कम योगफलमा समेट्ने क्रममा कर्णालीका हुसेन तलात र युनिश ठकुरीले तीन-तीन विकेट लिए । ठकुरी प्लेयर अफ दि म्याच घाेषित भए । यस्तै, नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो।

कर्णालीका अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ रन जोडे भने दीपक डुम्रेले पाँच बलमा १३ रन बनाए। गुलशन झाले १२ रनको योगदान गरे ।

जनकपुरका हरमित सिंहले तीन विकेट लिए। मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए।

जितसँगै कर्णालीले दुई अंक बटुलेकाे छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट