एनपीएल ३ : उद्घाटन खेलमा सुदूरपश्चिममाथि लुम्बिनीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले जम्मा ८८ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा लुम्बिनीले उक्त लक्ष्य ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

सो क्रममा लुम्बिनीका आरिफ शेखले ३२ रनको योगदान गरे । सुदूरपश्चिमका लागि अनिल खरेलले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको लुम्बिनीले सुदूरपश्चिमलाई ८७ रनमा अलआउट गरेको थियो। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाउँदा सैफ जैबले १३ र अनिल खरेलले १५ रन जोडे। यी बाहेक अन्य ब्याटरले दोहोरो अंककाे रन थप्न सकेनन्।

लुम्बिनीका किशोर महतोले चार ओभरमा २८ रन खर्चेर सर्वाधिक चार विकेट लिए । यस्तै शेर मल्लले तीन ओभरमा १० रन खर्चेर तीन विकेट हात पारे। श्याड्ली भान साल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले समान एक-एक विकेट लिए।

गत संस्करणको फाइनलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको थियो। सोमबारको जीतपछि लुम्बिनीले २ अंक बटुलेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट