एनपीएल ३ : उद्घाटन खेलमा सुदूरपश्चिममाथि लुम्बिनीको जित

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले जम्मा ८८ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा लुम्बिनीले उक्त लक्ष्य ९.५ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो […]