एनपीएल २०२६ : काठमाडौं गोर्खाजमाथि जनकपुर बोल्ट्सको सहज जित

काठमाडौं, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएकाे खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।

काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका मोइन अलीले अविजित ५८ रन बनाए। उनले ५१ बलको सामना गरेका थिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलको सामना गरे।

जनकपुरका राहुल यादवले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए। उत्कृष्ट बलिङ प्रदर्शन गरेका राहुल खेलको प्लेयर अफ द म्याच घोषित भए।

यस जितसँगै जनकपुरले प्रतियोगितामा दुई अंक जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

काठमाडौं गोर्खाजले भने प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ।

एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट