भरतपुरमा कक्षा ५ देखि ८ सम्म रक्तदान शिक्षा समावेश

भरतपुर, १२ कात्तिक ।
नेपालमै पहिलोपटक रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गरिएको भन्दै नेपाल रक्तदाता सङ्गठनले यस कार्यको स्वागत गरेको छ । सङ्गठनले बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास गर्न यो कदम महत्त्वपूर्ण हुने जनाएको छ ।

सङ्गठनका प्रवक्ता विपिन पाठकका अनुसार शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यलाई केही समयअघि रक्तदान शिक्षा पाठ्यक्रममा समावेश गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको थियो ।

आधारभूत तहका कक्षा ५, ६, ७ र ८ का विद्यार्थीलाई रक्तदानसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अघि बढाइएको यो पहलले बालबालिकामा मानवीय भावना र सेवाभाव विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

रक्तदान शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा विस्तार गर्नुपर्नेमा जोड दिँदै सङ्गठनले यसलाई सामाजिक विषयको पाठ्यक्रममा समावेश गरी आगामी शैक्षिक वर्षदेखि देशभरका माध्यमिक तहका विद्यार्थीलाई समेत रक्तदान शिक्षा प्रदान गर्न आग्रह गर्ने योजना रहेको प्रवक्ता पाठकले बताउनुभयो ।

‘रक्तदान जीवनदान मात्र होइन, मानवीय भावनाको उदात्त रूप पनि हो,’ सङ्गठनको भनाइ छ ।

रक्तदान शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शैक्षिक प्रशासन महाशाखा भरतपुरका प्रमुख सुवास आचार्यसहित सम्पूर्ण टोली, सहजीकरण गर्ने डा. भोजराज अधिकारी तथा नेपाल रक्तदाता सङ्गठनका सम्पूर्ण सदस्यप्रति सङ्गठनले आभार व्यक्त गरेको छ ।

बालमस्तिष्कमा मानवताको बीजारोपण गर्ने यो कदम सानो देखिए पनि अर्थपूर्ण र ऐतिहासिक रहेको सङ्गठनले दावी गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट