स्थानीय उत्पादन, रोजगारी र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर, २४ असार ।
गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ । संस्थाले खाद्य सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

होटल सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, सरसफाइ तथा गुणस्तर नियन्त्रणका सबै पक्षलाई थप सुदृढ बनाइएको छ । ग्राहकको विश्वासलाई कायम राख्दै अझ उत्कृष्ट सेवा प्रदान गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको सञ्चालकले बताए ।

नारायणगढ, भरतपुर, टाँडी, खैरहनी तथा हेटौंडाबाट सेवा प्रवाह गर्दै आएको वैष्णव मिस्ठान्नले स्थानीय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाएको छ । संस्थाले दैनिक रूपमा स्थानीय किसानबाट हजारौँ लिटर दूध, ताजा तरकारी तथा अन्य कृषि उपज खरिद गर्दै आएको उल्लेख गर्दै यसले स्थानीय उत्पादनको बजार सुनिश्चित गर्न सहयोग पुगेको जनाएको छ ।

संस्थाका अनुसार वैष्णव मिस्ठान्नले प्रत्यक्ष रूपमा २५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ । स्थानीय उत्पादनको प्रयोग, रोजगारी सिर्जना, खाद्य सुरक्षाको सुनिश्चितता तथा गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै ग्राहकको विश्वास अझ सुदृढ गर्ने लक्ष्यका साथ संस्था पुनः सञ्चालनमा आएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट