स्थानीय उत्पादन, रोजगारी र गुणस्तरीय सेवाप्रति प्रतिबद्ध वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा

भरतपुर, २४ असार । गुणस्तर, सरसफाइ र ग्राहकको विश्वासलाई उच्च प्राथमिकतामा राख्दै भरतपुरस्थित वैष्णव मिस्ठान्न पुनः सञ्चालनमा आएको छ । संस्थाले खाद्य सुरक्षासम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन गर्दै गुणस्तरीय तथा विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । होटल सञ्चालकका अनुसार विगतका अनुभवबाट आवश्यक सिकाइ लिँदै उत्पादन प्रक्रिया, भान्सा व्यवस्थापन, सरसफाइ तथा गुणस्तर नियन्त्रणका सबै […]
पालुङ्टारका ४ हजार ५८२ सामुदायिक विद्यालयका विद्यार्थी सामूहिक दुर्घटना बीमाको दायरामा

गोरखा, २४ असार । गोरखाको पालुङ्टार नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५८२ जना विद्यार्थीलाई सामूहिक दुर्घटना बीमाको दायरामा ल्याइने भएको छ । यसका लागि पालुङ्टार नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बी.सी.ले नगरपालिकाको तर्फबाट तथा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रतिनिधिले कम्पनीको […]
मन्त्रिपरिषद्का ८ महत्त्वपूर्ण निर्णय, मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं, २४ असार । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार तथा सुशासनसँग सम्बन्धित विभिन्न आठ महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान […]
अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा खेलकुद सामग्री सहयोग

रत्ननगर, २४ असार । रत्ननगर उद्योग वाणिज्य सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका–१३, अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको अटिजम स्रोत कक्षाका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष शंकर गिरीले खेलकुद सामग्री हस्तान्तरण गर्दै अटिजम भएका विद्यार्थीहरूको शारीरिक विकास, सामाजिक सीप अभिवृद्धि तथा आत्मविश्वास वृद्धि गर्न खेलकुद प्रभावकारी […]
रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्षमा आश्ना अवस्थी

भरतपुर, २५ असार रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्षका रूपमा रोटर्याक्टर आश्ना अवस्थी पदस्थापन भएकी छन् । भरतपुरस्थित दियालो फुडल्याण्डमा शनिबार आयोजित पदस्थापन समारोहमा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा. डा. ईश्वरीप्रसाद ढकालले अवस्थीलाई अध्यक्ष पद तथा गोपनीयताको शपथ गराएका हुन् । पदभार ग्रहणपछि अध्यक्ष अवस्थीले आफ्नो कार्यकालको भिजन, मिसन, लक्ष्य तथा आगामी […]