रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्षमा आश्ना अवस्थी

भरतपुर, २५ असार
रोटर्याक्ट क्लब अफ भरतपुरको २३औँ अध्यक्षका रूपमा रोटर्याक्टर आश्ना अवस्थी पदस्थापन भएकी छन् ।

भरतपुरस्थित दियालो फुडल्याण्डमा शनिबार आयोजित पदस्थापन समारोहमा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा. डा. ईश्वरीप्रसाद ढकालले अवस्थीलाई अध्यक्ष पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

पदभार ग्रहणपछि अध्यक्ष अवस्थीले आफ्नो कार्यकालको भिजन, मिसन, लक्ष्य तथा आगामी योजनाबारे जानकारी दिँदै क्लबलाई अझ प्रभावकारी, सक्रिय र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

समारोहमा अध्यक्ष अवस्थीले आफ्नो कार्यसमिति (बोर्ड अफ डाइरेक्टर्स) लाई पनि पद तथा गोपनीयताको शपथ गराइन् । साथै, क्लबका नयाँ सदस्यहरूको औपचारिक दीक्षा सम्पन्न गरिएको थियो । नवप्रवेशी सदस्यहरूलाई क्लबका संस्थापक सचिव सुशील प्रताप राणाले शपथ गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर–इलेक्ट रोटेरियन प्रा. डा. ईश्वरीप्रसाद ढकाल रहेका थिए । विशिष्ट अतिथिका रूपमा डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ रोटर्याक्टर प्रकाश शर्मा गैरे तथा विशेष अतिथिका रूपमा इमिडियट पास्ट डिस्ट्रिक्ट रोटर्याक्ट रिप्रेजेन्टेटिभ रोटर्याक्टर दिनेश गैरे र रोटरी क्लब अफ भरतपुरका अध्यक्ष रोटेरियन त्रिलोचन कँडेल सहभागी थिए ।

समारोहमा निवर्तमान अध्यक्ष रोटर्याक्टर सुशान्त रेग्मीले अध्यक्ष पदको जिम्मेवारी औपचारिक रूपमा अध्यक्ष अवस्थीलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रम संयोजक रोटर्याक्टर दिलिप पराजुलीका अनुसार पदस्थापन समारोहमा क्लबका सदस्य, रोटेरियन, रोटर्याक्टर तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वसहित ८८ जनाको उपस्थिति रहेको थियो । नयाँ नेतृत्वसँगै आगामी वर्ष सेवा, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वका क्षेत्रमा क्लबले थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट