अटिजम भएका विद्यार्थीलाई रत्ननगर उद्योग वाणिज्य सङ्घद्वारा खेलकुद सामग्री सहयोग

रत्ननगर, २४ असार ।
रत्ननगर उद्योग वाणिज्य सङ्घले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका–१३, अमिलियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयको अटिजम स्रोत कक्षाका विद्यार्थीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष शंकर गिरीले खेलकुद सामग्री हस्तान्तरण गर्दै अटिजम भएका विद्यार्थीहरूको शारीरिक विकास, सामाजिक सीप अभिवृद्धि तथा आत्मविश्वास वृद्धि गर्न खेलकुद प्रभावकारी माध्यम हुने बताए । विशेष आवश्यकता भएका बालबालिकाको समग्र विकासमा योगदान पुर्‍याउने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरिएको उनले उल्लेख गरे ।

कार्यक्रममा खेलकुद सामग्री खरिदका लागि सङ्घका वरिष्ठ उपाध्यक्ष निराजन खनाल र उपाध्यक्ष रामशरण नेपालले व्यक्तिगत रूपमा जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।

सहयोग सामग्री ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरि पुरीले रत्ननगर उद्योग वाणिज्य सङ्घको सहयोगप्रति आभार व्यक्त गरे । उनले यस प्रकारको सहयोगले अटिजम भएका विद्यार्थीहरूको सिकाइ तथा दैनिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरे ।

सङ्घका पदाधिकारी, पूर्वअध्यक्ष नारायणकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन महासचिव उपेन्द्र शर्मा आचार्यले गरेका थिए । कार्यक्रमको समापनमा वरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद ज्ञापन गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट