मन्त्रिपरिषद्का ८ महत्त्वपूर्ण निर्णय, मुख्य सचिवमा गोविन्दबहादुर कार्की नियुक्त

काठमाडौं, २४ असार ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार तथा सुशासनसँग सम्बन्धित विभिन्न आठ महत्त्वपूर्ण निर्णय गरेको छ ।

बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै कैलालीस्थित गेटा अस्पताललाई शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ ।

बैठकले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ तथा कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ ।

त्यसैगरी मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/०८४–२०८७/८८) र भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) पनि स्वीकृत गरिएको छ ।

बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट