मुस्ताङको मौलिक स्वाद अब चितवनमै, क्षेत्रपुरमा खुल्दै ‘लिम्बा थकाली’

भरतपुर, २६ जेठ ।
भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा मौलिक थकाली खानाको स्वाद पस्कने उद्देश्यसहित ‘लिम्बा थकाली’ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ ।


पछिल्लो समय विभिन्न स्थानमा थकाली खाना खाँदा उपभोक्ताले अपेक्षाअनुसारको स्वाद नपाएको गुनासोलाई ध्यानमा राख्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले जनाएको छ । उपभोक्ताको चाहना र स्वादलाई प्राथमिकतामा राख्दै परम्परागत थकाली परिकार उपलब्ध गराउने लक्ष्यसहित ‘लिम्बा थकाली’ सुरु गर्न लागिएको हो ।

थकाली खानाको मुख्य विशेषता स्वाद र परिकारको विविधतामा हुने भएकाले रेष्टुरेन्टमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ मुस्ताङबाट ल्याइएको व्यवस्थापनले जनाएको छ । विशेषगरी मुस्ताङको कालो सिमी, जिम्बू, टिमुर तथा जेठोबुढो चामल प्रयोग गरी मौलिक स्वादलाई जोगाउने प्रयास गरिएको छ ।

खाना तयारीका लागि थकाली समुदायका अनुभवी भान्सेहरूलाई समेत ल्याइएको छ । यसले परम्परागत थकाली परिकारको स्वादलाई अझ प्रामाणिक बनाउने विश्वास व्यवस्थापनको छ ।

यसअघि जापानीज ढुंगामा पोलेको मासु (स्टोन ग्रिल) का परिकारमार्फत उपभोक्तामाझ लोकप्रियता हासिल गरेको यही व्यवस्थापनले अब चितवनवासीलाई नयाँ स्वाद र फरक अनुभव दिन ‘लिम्बा थकाली’ सञ्चालनमा ल्याउन लागेको जनाएको छ ।

व्यवस्थापनका अनुसार रेष्टुरेन्टले पारम्परिक थकाली खानासँगै गुणस्तरीय सेवा र पारिवारिक वातावरण प्रदान गर्दै चितवनका खानाका पारखीहरूको रोजाइ बन्ने लक्ष्य राखेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट