रानाभाट/भाट समाजको अध्यक्षमा हरिबहादुर रानाभाट

कास्की, २६ जेठ । ‘हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरूबीच एकता’ भन्ने मूल नारासहित रानाभाट/भाट समाज नेपाल केन्द्रीय कार्य समितिको छैटौं केन्द्रीय महाधिवेशन–२०८३ पोखरामा सम्पन्न भएको छ । जेठ २३ र २४ गते पोखरा महानगरपालिका–१७, विरौटास्थित रोयल महल ब्याङ्क्वेटमा आयोजित महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै चितवनका हरिबहादुर रानाभाटलाई केन्द्रीय अध्यक्षमा निर्वाचित गरेको हो । समाजका […]
मुस्ताङको मौलिक स्वाद अब चितवनमै, क्षेत्रपुरमा खुल्दै ‘लिम्बा थकाली’

भरतपुर, २६ जेठ । भरतपुर महानगरपालिका–२, क्षेत्रपुरमा मौलिक थकाली खानाको स्वाद पस्कने उद्देश्यसहित ‘लिम्बा थकाली’ रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ । पछिल्लो समय विभिन्न स्थानमा थकाली खाना खाँदा उपभोक्ताले अपेक्षाअनुसारको स्वाद नपाएको गुनासोलाई ध्यानमा राख्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापनले जनाएको छ । उपभोक्ताको चाहना र स्वादलाई प्राथमिकतामा राख्दै परम्परागत थकाली परिकार उपलब्ध गराउने लक्ष्यसहित […]
‘गढीमा गजल’ दोस्रो शृङ्खला उपरदाङगढीमा हुँदै

चितवन, २६ जेठ । गजल मञ्च चितवनको आयोजनामा ‘गढीमा गजल’ कार्यक्रमको दोस्रो शृङ्खला यही जेठ ३० गते शनिबार इच्छाकामना गाउँपालिकास्थित ऐतिहासिक तथा पर्यटकीय स्थल उपरदाङगढीमा हुने भएको छ । नेपाली गजललाई खुला परिवेशमा पुर्याउने तथा ऐतिहासिक सम्पदासँग साहित्यिक गतिविधिलाई जोड्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायासले जानकारी दिए । […]
साहित्यका विविध विधामाथि कर्णबहादुर बानियाँको गहिरो दृष्टि

बालमनोवैज्ञानिक कथाकारका रूपमा परिचित कर्णबहादुर बानियाँ नेपाली साहित्यमा सिर्जना र समालोचना दुवै क्षेत्रमा सक्रिय, अध्ययनशील र प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । विशेषगरी समीक्षा लेखनमा उहाँले निर्माण गर्नुभएको विशिष्ट पहिचान साहित्यिक वृत्तमा सम्मानका साथ लिइन्छ । बानियाँको समालोचनात्मक दृष्टि कुनै व्यक्ति वा समूहप्रति आग्रह–पूर्वाग्रहमा आधारित नभई कृतिको गुण–दोषलाई वस्तुनिष्ठ, निष्पक्ष र निर्भीक रूपमा प्रस्तुत गर्ने […]