दिनरात कसको यादले हान्छ हेमन्त र मेलिनालाई ? (भिडियोसहित)

काठमाडौं । गायक हेमन्त शर्मा र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत “दिन दुई गुणा” को म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ।

गायक शर्माको आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द रचना शर्मा स्वयंले गरेका हुन् भने संगीत संयोजन कृष्ण बीकेले गरेका छन्।

गीतको साउन्ड मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन् ।

गीतको भिडियोमा बुद्धि तामाङ (हैट), एरोन थापा मगर, चाहना थाहा मगर र सुस्मा सुब्बाको अभिनय रहेको छ।

करिब ८ मिनेट लामो म्युजिक भिडियोमा निर्देशकको भूमिकामा मौसम हिमाली रहेका छन् ।

शर्मा र राईले यसअघि पनि सांगीतिक सहकार्य गरिसकेका छन् । दुई वर्षअघि उनीहरूको स्वरमा रहेको ‘आउँथ्यो दसैँ’ गीत सार्वजनिक भएको थियो।

यो गीत एप्पल म्युजिक तथा स्पटिफाइलगायत डिजिटल म्युजिक प्लेटफर्ममा सुन्न सकिन्छ भने यसको म्युजिक भिडियो हेमन्त शर्माको आधिकारिक युट्युब च्यानलमा हेर्न सकिन्छ।

म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् :

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट