बागमती गोल्डकप फुटबल मंसिर ८ गतेदेखि

मकवानपुर, १३ कात्तिक ।
मकवानपुरको बागमती गाउँपालिकामा नवौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी मंसिर ८ गतेदेखि सञ्चालन हुने भएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा मंसिर १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका ६ सहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।

बागमती गाउँपालिका–४ स्थित झुरझुरे खेलमैदानमा हुने प्रतियोगितामा मच्छिन्द्र, चर्च ब्वाइज, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोलीसहित मोफसलका चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

शुक्रबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष सर्केश घलानले प्रतियोगिता सञ्चालनका लागि करिब ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलरक्षक र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट