मौलाकालिकामा हुँदैछ गुरुकुल सम्मेलन

नवलपरासी, १४ कात्तिक

नवलपरासी पूर्वमा रहेको मौलाकालिका संस्कृत गुरुकुलममा त्रिदिवसीय गुरुकुल सम्मेलन हुने भएको छ ।

गण्डकी प्रदेश स्तरीय यस सम्मेलनमा प्रदेशभित्रका करिब ३९ गुरुकुलका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रको आयोजना, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको सहयोग एवम् धार्मिक सेवा समिति मौलाकालिका मन्दिरको व्यवस्थापनमा हुन लागेको सम्मेलनमा संस्कृतका विद्वानहरुबाट विभिन्न कार्यपत्र प्रस्तुत, छलफल र विमर्श हुनेछ ।

यही कार्तिक २८, २९ र ३० गते हुने गुरुकुल सम्मेलनको पूर्व तयारीका लागि शुक्रबार भएको भेलालले मूल आयोजक समिति र अन्य उपसमितिहरुको गठनका लागि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरलाई जिम्मेवारी दिएको मन्दिरका सचिव राजेन्द्र प्रसाद गौडेलले जानकारी दिनुभएको छ ।

शुक्रबारको भेलामा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. शेषनारायण पौडेल, नेपाल संस्कृत विश्वविद्यालय दाङ अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा. सुधन कुमार पौडेल, गैँडाकोट नगर उपप्रमुख शान्ति कोइराला, प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, वडा अध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी, मन्दिरका अध्यक्ष खगराज कंडेल, पूर्व अध्यक्ष शालिकराम सापकोटा, नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट