गैंडाकोटको मेयर उम्मेदवार बन्न गोकुल सापकोटाले गरे नाम दर्ता

गैंडाकोट, १३ कात्तिक ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता गोकुल सापकोटाले आगामी स्थानीय तह निर्वाचनमा गैंडाकोट नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा नाम दर्ता गराउनुभएको छ ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिले सर्वप्रथम क्यान्डिडेट क्लबमा नाम दर्ता गराउनुपर्ने व्यवस्था गरेअनुसार सापकोटाले आफ्नो नाम दर्ता गराउनुभएको हो ।

आफ्नो चुनावी यात्राको पहिलो खुड्किलाका रूपमा नाम दर्ता गराएको जानकारी दिँदै उहाँले पार्टीका साथीहरू तथा गैंडाकोटका आमाबुवा, दाजुभाइ र दिदीबहिनीहरूसँग सहयोगको अपिल गर्नुभएको छ ।

‘सबै अटिने मन, सबै अटाउने आँगन’ भन्ने नारालाई आत्मसात् गर्दै सापकोटाले गैंडाकोटलाई समृद्ध, समावेशी र सबैको साझा घर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आगामी दिनमा सबैको साथ, सहकार्य र हातेमालोबाट अघि बढ्ने बताउँदै उहाँले यस लोकतान्त्रिक अभ्यासमा पार्टीपङ्क्ति तथा नगरवासीको सद्भाव र सहयोगको अपेक्षा गर्नुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट