रत्ननगर, १० साउन ।
लायन्स क्लब अफ रत्ननगर पीस लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R अन्तर्गत लायन वर्ष २०२६–२७ का लागि डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित भएको छ ।
क्लबको ११औँ स्थापना दिवस तथा पदस्थापन समारोहका अवसरमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन अफिसर प्रभाकर पण्डितले क्लबलाई औपचारिक रूपमा डिस्ट्रिक्ट मोडल क्लब घोषणा गर्नुभएको हो ।
कार्यक्रममा डिस्ट्रिक्ट 325R का विभिन्न लायन लिडर, विभिन्न क्लबका पदाधिकारी तथा लायन्स र लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सो अवसरमा लायन वर्ष २०२५–२६ का अध्यक्ष चक्रपाणि वाग्लेले आफ्नो कार्यकालमा सम्पन्न सेवा तथा सामाजिक गतिविधिहरूको विस्तृत प्रतिवेदन प्रस्तुत गर्नुभयो । साथै, पूर्व अध्यक्ष तथा उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई सम्मान र विभिन्न अवार्ड प्रदान गरियो ।
लायन वर्ष २०२६–२७ का अध्यक्ष ताराप्रसाद पौडेलले आगामी वर्षका लागि क्लबको कार्ययोजना सार्वजनिक गर्दै सामाजिक सेवामूलक कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । लामो समयदेखि क्लबले लिएको रत्ननगर पीसलाई डिस्ट्रिक्टकै मोडल क्लब बनाउने लक्ष्य सफलतापूर्वक हासिल भएको उहाँले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा क्लबका पूर्व अध्यक्ष तथा सदस्यहरूले MJF, Trustee र NLF लगायतका विभिन्न योगदानको घोषणा गरे । साथै, डिस्ट्रिक्ट 325R को निर्माणाधीन भवनका लागि यसअघि प्रदान गरिएको रु. ५० हजारमा थप सहयोग गरी कुल रु. १ लाख ८ हजार आर्थिक सहयोग डिस्ट्रिक्ट गभर्नरको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सहभागी विभिन्न लायन लिडरहरूले लायन्स क्लब अफ रत्ननगर पीसले विगतदेखि सञ्चालन गर्दै आएका सेवामूलक कार्यको प्रशंसा गर्दै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपाल, लायन्स क्लब अफ रत्ननगर युथ क्याम्पस, लियो क्लब अफ रत्ननगर मिड नेपाल तथा लियो क्लब अफ रत्ननगर पीसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।



