झिलिमिली बत्तीले चम्कियो नागढुंगा सुरुङमार्ग, सोमबारदेखि सञ्चालनमा

काठमाडौं, १० साउन । काठमाडौं र धादिङ जोड्ने नेपालको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ । सुरुङमार्ग र बलम्बु फ्लाइओभरमा जडान गरिएका सडक बत्तीका कारण राजधानीको पश्चिमी प्रवेशद्वार रातको समयमा झिलिमिली देखिन थालेको छ । करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको २.६८ किलोमिटर लामो सुरुङमार्गसँगै २.५५७ किलोमिटरको आपतकालीन सुरुङ पनि […]

टोलवासीलाई उपचारमा २५ प्रतिशतसम्म छुट

चितवन, १० साउन । भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रालि. र भरतपुर–९ को वसन्तचोक ‘क’ टोल विकास संस्थाबीच टोलवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ । शनिबार भएको सम्झौताअनुसार टोल विकास संस्थाका सदस्य, पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार सेवामा २५ प्रतिशतसम्म सहुलियत पाउनेछन् । सम्झौतामा […]

ट्रिपरको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

चितवन, १० साउन । भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ । गत सोमबार बिहान ग १ क ४८८१ नम्बरको ट्रिपरले ठक्कर दिँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका–६ का ३१ वर्षीय मनोज पराजुली गम्भीर घाइते भएका थिए । उनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु […]

लायन्स क्लब अफ रत्ननगर पीस डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित

रत्ननगर, १० साउन । लायन्स क्लब अफ रत्ननगर पीस लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R अन्तर्गत लायन वर्ष २०२६–२७ का लागि डिस्ट्रिक्टकै पहिलो ‘मोडल क्लब’ घोषित भएको छ । क्लबको ११औँ स्थापना दिवस तथा पदस्थापन समारोहका अवसरमा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325R का डिस्ट्रिक्ट गभर्नर तथा इन्स्टलेसन अफिसर प्रभाकर पण्डितले क्लबलाई औपचारिक रूपमा डिस्ट्रिक्ट मोडल क्लब […]