टोलवासीलाई उपचारमा २५ प्रतिशतसम्म छुट

चितवन, १० साउन ।
भरतपुर–१० स्थित पुष्पाञ्जली हस्पिटल प्रालि. र भरतपुर–९ को वसन्तचोक ‘क’ टोल विकास संस्थाबीच टोलवासीलाई स्वास्थ्य सेवा तथा उपचारमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

शनिबार भएको सम्झौताअनुसार टोल विकास संस्थाका सदस्य, पदाधिकारी, कर्मचारी तथा उनीहरूका परिवारले अस्पतालमा स्वास्थ्य परीक्षण र उपचार सेवामा २५ प्रतिशतसम्म सहुलियत पाउनेछन् ।

सम्झौतामा अस्पतालका सामाजिक सेवा इकाई प्रमुख तथा सूचना अधिकारी केदारप्रसाद सुवेदी र टोल विकास संस्थाका अध्यक्ष विजयराज पौड्यालले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा अस्पतालका कार्यवाहक अध्यक्ष गुरुप्रसाद पन्त, वरिष्ठ फिजिसियन ए.प्रो. डा. भोजराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

अस्पतालले ‘जनतासँग अस्पताल’ अभियानअन्तर्गत समुदायस्तरसम्म स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट