चितवन, १० साउन ।
भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
गत सोमबार बिहान ग १ क ४८८१ नम्बरको ट्रिपरले ठक्कर दिँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका–६ का ३१ वर्षीय मनोज पराजुली गम्भीर घाइते भएका थिए । उनको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रिपर चालक भरतपुर–२९ का ३२ वर्षीय सुमन चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




