सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा पुनःस्थापना

चितवन, २७ असार ।
माडीस्थित ऐतिहासिक तथा धार्मिक पर्यटनस्थल सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका महान् योद्धा एवं तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमाको पुनर्निर्माण सम्पन्न गरी शनिबार अनावरण गरिएको छ ।

नेपाल एकीकरणकालीन महत्वपूर्ण सैनिक आधारस्थल सोमेश्वरगढीमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना (श्री नयाँ गोरख गण) को सहकार्यमा मर्मत, सम्भार तथा पुनर्निर्माण गरिएको हो ।

माडी नगरपालिकाकी प्रमुख ताराकुमारी काजी महतोको अध्यक्षता तथा उपप्रमुख खेमप्रसाद महतोको स्वागतमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतनाका उपरथी विष्णुकुमार खड्काले अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमाको अनावरण गर्नुभयो ।

सोही अवसरमा नगरप्रमुख महतोले ढुङ्गेधाराको उद्घाटन गर्नुभयो भने बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालले राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो ।

कार्यक्रममा बोल्दै सांसद ढकालले नेपालको ऐतिहासिक सम्पदाका रूपमा रहेको सोमेश्वरगढीको संरक्षण, संवर्द्धन र पर्यटन प्रवर्द्धनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, नेपाली सेनाका अधिकारी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोमेश्वरगढी नेपाल एकीकरण अभियानसँग जोडिएको ऐतिहासिक स्थलका रूपमा परिचित छ र यस क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट