सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमा पुनःस्थापना

चितवन, २७ असार । माडीस्थित ऐतिहासिक तथा धार्मिक पर्यटनस्थल सोमेश्वरगढीमा नेपाल एकीकरण अभियानका महान् योद्धा एवं तत्कालीन प्रधानसेनापति (काजी) अभिमानसिंह बस्न्यातको सैनिक प्रतिमाको पुनर्निर्माण सम्पन्न गरी शनिबार अनावरण गरिएको छ । नेपाल एकीकरणकालीन महत्वपूर्ण सैनिक आधारस्थल सोमेश्वरगढीमा जीर्ण अवस्थामा रहेको प्रतिमालाई माडी नगरपालिका र नेपाली सेना (श्री नयाँ गोरख गण) को सहकार्यमा मर्मत, सम्भार तथा […]

‘मृत्युगञ्जको मौनता’ सार्वजनिक, समकालीन समाजको मौन पीडाको दस्तावेज : वक्ता

काठमाडौं, २७ असार । कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । शिखा बुक्सबाट प्रकाशित कृतिको विमोचन कार्यक्रममा वक्ताहरूले यसलाई समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र मौन बनाइएका आवाजहरूको सशक्त अभिव्यक्ति भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राई ले कृतिले युगीन चेतना, प्रतिरोध र मानवीय […]

गैंडाकोटमा पठन संस्कृति अभियानको २०औँ शृङ्खला सम्पन्न

गैंडाकोट, २७ असार । विजय सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड, गैंडाकोटको आयोजनामा विजय विकास स्रोत केन्द्रमा पठन संस्कृति अभियानको २०औँ शृङ्खला सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख वक्ता विश्लेषक हरि शर्मा र लेखक–पत्रकार अश्विनी कोइराला रहेका थिए । कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी तथा त्रिवेणी साहित्य प्रतिष्ठान, नवलपरासीका अध्यक्ष इन्द्रराज पौडेलले कविता […]

दुई सातामै चिया क्षेत्रको अध्ययन प्रतिवेदन, भारतीय अवरोध हटाउँदै तेस्रो मुलुकमा बजार विस्तार गर्न सुझाव

काठमाडौं, २७ असार । नेपालको चिया क्षेत्रमा देखिएका समस्या समाधान तथा निर्यात प्रवर्द्धनका उपायसहित गठित विशेष अध्ययन कार्यदलले दुई सातामै आफ्नो प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवसमक्ष बुझाएको छ । मन्त्रालयका सहसचिव बुद्धबहादुर गुरुङको संयोजकत्वमा गठित ९ सदस्यीय कार्यदलले भारतको नयाँ गुणस्तर परीक्षण व्यवस्थाका कारण उत्पन्न समस्याको अध्ययन गर्दै तत्काल, मध्यकालीन र दीर्घकालीन […]