‘मृत्युगञ्जको मौनता’ सार्वजनिक, समकालीन समाजको मौन पीडाको दस्तावेज : वक्ता

काठमाडौं, २७ असार ।
कवि केशव निमेषको नयाँ कवितासङ्ग्रह ‘मृत्युगञ्जको मौनता’ शनिबार काठमाडौंमा सार्वजनिक गरिएको छ । शिखा बुक्सबाट प्रकाशित कृतिको विमोचन कार्यक्रममा वक्ताहरूले यसलाई समकालीन नेपाली समाजका अन्तर्विरोध, मानवीय संवेदना र मौन बनाइएका आवाजहरूको सशक्त अभिव्यक्ति भएको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति भूपाल राई ले कृतिले युगीन चेतना, प्रतिरोध र मानवीय मूल्यलाई कलात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयो । सामाजिक अभियन्ता तथा कवि अस्मिता वादीले सङ्ग्रहले सीमान्तकृत समुदायका अनुभूति र समाजका दबिएका आवाजलाई संवेदनशील ढङ्गले अभिव्यक्त गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू सुरेश कुमार चौधरी, खड्गबहादुर बुढा र रमेश मल्लले पनि शुभकामना तथा समीक्षा प्रस्तुत गर्दै साहित्यले लोकतान्त्रिक चेतना र सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

प्रकाशक पुष्पराज शर्माले लेखक, पाठक र प्रकाशकबीच सहकार्यको आवश्यकता औँल्याउँदै गुणस्तरीय नेपाली साहित्यलाई पाठकमाझ पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा कवि केशव निमेषले ‘मृत्युगञ्जको मौनता’ आफ्ना व्यक्तिगत अनुभूति मात्र नभई समाजका असंख्य आवाजहरूको प्रतिनिधित्व गर्ने प्रयास भएको बताउनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट