मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना नकआउट चरणमा

भरतपुर, ९ असार ।
साविक विजेता अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । सोमबार राति भएको समूह ‘जे’ अन्तर्गतको खेलमा कप्तान लियोनल मेस्सीले दुवै गोल गर्दै टोलीलाई लगातार दोस्रो जित दिलाए ।

यससँगै ३८ वर्षीय मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन् । अस्ट्रियाविरुद्ध दुई गोल गरेपछि उनको विश्वकप गोल संख्या १८ पुगेको छ । उनले जर्मनीका महान् स्ट्राइकर मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमानलाई उछिन्दै पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्न सफल भएका हुन् ।

यसअघि अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका मेस्सीले अस्ट्रियाविरुद्धको खेलमा नयाँ इतिहास रचेका हुन् ।

लगातार दुई खेलमा जित निकाल्दै अर्जेन्टिनाले समूह चरणबाटै अन्तिम ३२ मा स्थान पक्का गरेको छ ।

आफ्नो करिअरमा अनेकौं उपाधि र कीर्तिमान हासिल गरिसकेका मेस्सीले विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमानसहित फुटबल इतिहासमा आफ्नो विरासतलाई थप बलियो बनाएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट