नारायणीको बहाव बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता

चितवन, २१ साउन ।
मुहान क्षेत्रमा लगातार परेको वर्षाका कारण नारायणी नदीको जलसतह सतर्कता तह पार गरेको छ । नदीको बहाव बढेसँगै चितवनका तटीय क्षेत्रमा प्रहरीले माइकिङ गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

चितवनमा वर्षा नभए पनि नारायणीको माथिल्लो जलाधार क्षेत्रमा भइरहेको भारी वर्षाका कारण नदीको बहाव बढेको हो । बाढी पूर्वानुमान महाशाखाले साउन २३ गतेसम्म नदीको सतह अझै बढ्न सक्ने जनाएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध गरेका छन् । वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी तटीय क्षेत्रमा परिचालित भई नदी किनारमा नजान, अनावश्यक आवतजावत नगर्न र आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गर्दै माइकिङ गरिरहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट