गैँडाकोटमा धारिलो हतियार प्रहारबाट एकजना घाइते

गैँडाकोट, ३ साउन ।
नवलपरासीको गैँडाकोट नगरपालिका–१ विकास चोकमा धारिलो हतियार प्रहारबाट एक युवक घाइते भएका छन् ।

शनिबार भएको घटनामा गैँडाकोट–१ का ४५ वर्षीय लक्ष्मण श्रेष्ठले धारिलो हतियार प्रहार गर्दा २६ वर्षीय सुनील लामा घाइते भएका हुन् । घाइते लामाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपित श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट