‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार’ नीलम कार्की निहारिकाको ‘राजमाता’लाई

भरतपुर, ७ असोज ।
कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ नीलम कार्की निहारिकाको उपन्यास ‘राजमाता’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

समाजले बुधबार नारायणगढमा पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको पुरस्कार ‘राजमाता’लाई दिने निर्णय सार्वजनिक गरेको हो । समाजका अध्यक्ष एलबी क्षेत्रीका अनुसार पुरस्कारको राशि २ लाख १६० रुपियाँ रहेको छ । पुरस्कार आगामी कात्तिक १४ गते भरतपुरमा विशेष कार्यक्रम आयोजना गरी प्रदान गरिनेछ ।

oppo_2

यस वर्ष पुरस्कारका लागि सुरुमा १६ आख्यानकृति विस्तारित सूचीमा परेका थिए । तीमध्ये केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, क्षितिज समर्पणको ‘तोरकीन’, सीमा आभासको ‘महायुग’, नीलम कार्की निहारिकाको ‘राजमाता’, लक्ष्मण वियोगीको ‘सत्यम्’, श्रवण मुकारुङको ‘सलह’ र शंकरप्रसाद गैरेको ‘सूतपुत्र’ उत्कृष्ट आठमा छनोट भएका थिए ।

उत्कृष्ट आठबाट अन्तिम तीनमा ‘तोरकीन’, ‘महायुग’ र ‘राजमाता’ पुगेका थिए । ती तीनमध्ये ‘राजमाता’लाई सर्वोत्कृष्ट आख्यानकृतिका रूपमा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

२०७५ देखि निरन्तर आख्यानको सम्मान

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको स्थापना २०७५ सालमा भएको हो । पहिलोपटक महेश थापाको कथासङ्ग्रह ‘मरिचिका’लाई प्रदान गरिएको यो पुरस्कार त्यसयता नेपाली आख्यानका उल्लेखनीय कृतिलाई प्रदान हुँदै आएको छ ।

हालसम्मका पुरस्कृत कृति :

२०७५ — ‘मरिचिका’ — महेश थापा (कथासङ्ग्रह)

२०७६ — ‘पथेर’ — श्याम शाह (कथासङ्ग्रह)

२०७७ — ‘परित्यक्ता’ — भुवन ढुंगाना (उपन्यास)

२०७८ — ‘छाइल’ — लोकराज भट्ट (उपन्यास)

२०७९ — ‘मनु’ — देवीप्रसाद सुवेदी (उपन्यास)

२०८० — ‘अद्वैत’ — कृष्ण गौतम (उपन्यास)

२०८१ — ‘हिउँको गीत’ — तीर्थ गुरुङ (उपन्यास)

२०८२ — ‘राजमाता’ — नीलम कार्की निहारिका (उपन्यास)

यसरी ‘राजमाता’ कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार पाउने आठौँ कृति बनेको छ।

नीलम कार्की निहारिकालाई अर्को महत्वपूर्ण सम्मान

‘राजमाता’का लागि कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार पाउने निर्णयसँगै नीलम कार्की निहारिकाको साहित्यिक यात्रामा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । उनले यसअघि ‘चीरहरण’ उपन्यासका लागि २०७३ सालमा पद्मश्री साहित्य पुरस्कार तथा ‘योगमाया’ उपन्यासका लागि २०७४ सालमा मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।

यसअघि पनि उनको लेखनले नेपाली साहित्यका प्रमुख पुरस्कारहरूमा स्थान बनाउँदै आएको थियो ।

‘राजमाता’लाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार प्रदान गर्ने निर्णयले उनको आख्यान लेखनको निरन्तरतासँगै नेपाली साहित्यमा उनको उपस्थितिलाई थप बलियो बनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट