भरतपुरमा स्थानीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला

भरतपुर, १० चैत । सोमबारदेखि भरतपुरमा सुरु भएको पालिकास्तरीय प्रज्ञाप्रतिष्ठानहरूको राष्ट्रिय भेला ‘भरतपुर घोषणापत्र’ जारी गर्दै सम्पन्न भएको छ । भरतपुरस्थित चेतना भिलेजमा सुरु भएको भेला मङ्गलबार १३ बुँदे घोषणापत्र सार्वजनिक गरी समापन गरिएको हो । देशभरका १७ प्रज्ञाप्रतिष्ठानबाट करिब ६५ जना प्राज्ञहरूको सहभागिता रहेको उक्त भेलामा प्रज्ञा सभाको गठनपछिको अवस्था, सञ्चालन, भावी मार्गचित्र तथा […]
पन्तको `धर्तीमुनिका तारा´माथि साहित्यिक विमर्श

भरतपुर, ९ चैत । लेखक महेश्वर पन्तको कथासङ्ग्रह `धर्तीमुनिका तारा´ को अन्तर्क्रिया गरिएको छ । अक्षर समूह चितवनको आयोजनामा आइतबार नारायणगढमा गरिएको कार्यक्रममा उदय अधिकारी, गणेश श्रमण, सुरेन्द्र अस्तफल र भूपिनले पाठकीय टिप्पणी राख्नुभएको थियो । अक्षर समूहका संस्थापक भूपिनका अनुसार यो कृति डायस्पोरिक साहित्यको अब्बल सिर्जना हो । `नेपाली समाजसँगै अमेरिकामा रहेका प्रवासी नेपालीहरूको […]
गजल प्रस्तुति र मुशायराले भरतपुरमा साहित्यिक रङ

भरतपुर, ७ चैत । चितवनमा अन्तर्राष्ट्रिय साङ्गीतिक मुशायरा तथा पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । छन्द काव्य प्रतिष्ठानको आयोजना तथा विभिन्न साहित्यिक संघसंस्थाको सहकार्यमा आयोजित कार्यक्रममा देशका विभिन्न प्रदेशबाट आएका गजलकारहरूले सशक्त प्रस्तुति दिएका थिए । मुशायरामा गजल वाचनसँगै साङ्गीतिक प्रस्तुति समेत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सपना रैला, शिव […]
विश्व कविता दिवसमा चितवनमा कविता वाचन तथा विमर्श

भरतपुर, ७ चैत । विश्व कविता दिवसको अवसरमा चितवनमा कविता वाचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । हरेक वर्ष मार्च २१ मा विश्वभर यो दिवस मनाइने गरिन्छ । अक्षर समूह चितवनको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भूपिनको मन्तव्यसँगै कार्यक्रम सुरु गरिएको थियो । समूहले केही वर्षयता यस अवसरमा नियमितरूपमा साहित्यिक कार्यक्रम गर्दै आएको जनाएको […]
भरतपुरमा स्रस्टा सम्मान तथा प्रज्ञा पुरस्कार वितरण

भरतपुर, ५ चैत । भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न विधाका स्रस्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । भरतपुर महानगरपालिकाको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले संयुक्तरूपमा सम्मान तथा पुरस्कार वितरण गरेका हुन् । कार्यक्रममा ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ, जसको राशि ५० हजार […]
तुईन खोला क्षेत्रमा फ्लड लाइट जडान

चितवन, ३० फागुन । मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोला पुल नजिक माथिबाट जुनसुकै समयमा ढुङ्गा खस्न सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा रातिको समयमा पनि स्पष्ट देखिने गरी दुई वटा फ्लड लाइट जडान गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उक्त स्थानमा प्रकाशको व्यवस्था गरिएको हो । रातिको समयमा यात्रु तथा […]
जन्मदिनमा प्रवासबाट विद्यार्थीलाई मुना र युवामञ्च उपहार

गैंडाकोट, २९ फागुन । गैंडाकोट–७ गैरी, शीतलनगर निवासी सुधन सापकोटाको आज जन्मदिन परेको छ । हाल रोजगारीका सिलसिलामा उहाँ नर्वेमा बसोबास गर्दै आउनुभएको छ । जन्मदिनको अवसर पारेर प्रवासमै रहेर पनि उहाँले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उदार पहल गर्नुभएको छ । सापकोटाले प्राथमिक तह अध्ययन गरेको श्री नारायणी माध्यमिक विद्यालयका […]
प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–भारत सीमा तीन दिन बन्द
चितवन, १३ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय चितवनले भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । कार्यालयका अनुसार फागुन १९ गते राति १२ बजेदेखि फागुन २२ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द […]
कवितावाचनमा ३ कवि : समाज र समयको स्वर

भरतपुर, २२ माघ । अक्षर समूह चितवनले आयोजना गरेको `कवितावाचनमा ३ कवि´ कार्यक्रममा ३ जना कविले १८ वटा कविता सुनाउनुभएको छ । कविहरू विश्वनाथ खनाल, राधा पाण्डे र कृष्ण विश्वकर्मा `सतिसाल´लाई एउटै मञ्चमा राखेर कार्यक्रम गरिएको अक्षर समूहका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिनुभयो । शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेजको आतिथ्यमा गरिएको कार्यक्रममा […]
निष्प्रभ सजीको `याली´ उपन्यासको चितवनमा अन्तर्क्रिया

भरतपुर, ६ माघ । लेखक निष्प्रभ सजीको नयाँ कृति `याली´ उपन्यासको अन्तर्क्रिया गरिएको छ । सम्पूर्ण किताब नारायणगढसँगको समन्वयमा बुकहिल पब्लिकेसन्सले भरतपुरस्थित होटल सिराइचुलीमा सोमबार कार्यक्रम गरेको हो । कार्यक्रमलाई बुकहिल पब्लिकेसन्सका प्रमुख भुपेन्द्र खड्काले सहजीकरण गरेका थिए । सम्पूर्ण किताबका लेखराम सापकोटाले पाहुनाहरूलाई स्वागत गरे । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई […]
चितवन हात्ती महोत्सवमा : ‘मिस हात्ती सुन्दरी २०८२’ चयनसँगै वातावरणीय संवेदनशीलतामा बहस

चितवन, १२ पुस । क्षेत्रीय होटल सङ्घ नेपाल, चितवनद्वारा शनिबार सौराहामा आयोजित १९औँ संस्करणको चितवन हात्ती महोत्सवमा २५० अंक प्राप्त गर्दै ४० वर्षीया हात्ती पुनम कली ‘मिस हात्ती सुन्दरी २०८२’ घोषित भएकी छन् । देश–विदेशमा व्यापक प्रचारप्रसार पाउँदै आएको यो महोत्सव अन्तर्राष्ट्रिय स्तरमै लोकप्रिय मानिन्छ, जहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहने […]
कवि हमालको कवितासङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण

भरतपुर, २० कात्तिक । कवि सूर्यवदना हमाल ‘कुसुम’को कवितासङ्ग्रह ‘स्मृतिका छालहरू’ लोकार्पण गरिएको छ । अभिव्यञ्जना साहित्य प्रतिष्ठानले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी, भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल, साहित्य सङ्गम चितवनका अध्यक्ष प्रकाश चापागाईं, कवि मेनका चापागाईं र अभिव्यञ्जना […]
विश्व पोलियो दिवसमा रोटरी र रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनद्वारा जनचेतना र्याली

भरतपुर, ७ कात्तिक । विश्व पोलियो दिवस २०२५ को अवसरमा रोटरी क्लब अफ नारायणी मिड टाउन र रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउनको संयुक्त आयोजनामा शुक्रबार चौविसकोठी क्षेत्रमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमअन्तर्गत चौविसकोठी क्षेत्रका चारै दिशामा पोलियो उन्मूलनसम्बन्धी ब्यानरहरू टाँस्दै स्थानीय समुदायमा सचेतना फैलाइएको थियो । साथै, चौविसकोठीबाट सुरु भएको र्याली […]
चितवन बिजनेस कम्प्लेक्समा लर्डस् होटल र सेल्सबेरी मार्ट उद्घाटन

चितवन, ६ असोज । भरतपुरमा चितवन बिजनेस कम्प्लेक्स (सिबिसी) र चितवन बिजनेस मार्ट (सेल्सबेरी) को उद्घाटन गरिएको छ । भरतपुर विमानस्थल अगाडि रहेको सिबिसी प्लाजाबाट अन्तर्राष्ट्रियस्तरको ‘लर्डस्’ होटल र ‘सेल्सबेरी’ स्टोर एकैसाथ सञ्चालनमा आएका छन् । ११ तले कम्प्लेक्समा तीन तलामा सेल्सबेरीको ३८औं शाखाका रूपमा सञ्चालनमा ल्याइएको छ । होटलमा ५८ कोठा, सभा कक्ष, कन्फ्रेन्स […]
नेपाली कांग्रेस चितवनद्वारा `संविधान कार्यान्वयनका चुनौती र समाधान´ विचार गोष्ठी सम्पन्न

चितवन, ३ भदौ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति चितवनको आयोजनामा ११ औं संविधान दिवसको अवसरमा `संविधान कार्यान्वयनका चुनौती र समाधान´ विषयक विचार गोष्ठी आज सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा व्यक्त गर्दै नेपालको संविधानमा आवश्यक संशोधन गरी जेन-जी पुस्ताको अपेक्षाअनुसार स्थायी सरकार निर्माण र […]
चितवनका कमल अर्यालको अनुसन्धानपरक कृति `सिलायात्रा´ सार्वजनिक

रत्ननगर, १४ भदौ । लेखक कमल अर्यालको `सिलायात्रा´ सार्वजनिक भएको छ । चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारेमा सङ्कलन गरिएका ११ वटा लेख यस सङ्ग्रहमा छन् । लेखक अर्यालका अनुसार चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज भएको पनि उनले बताए । लेखक अर्यालका मातापितासहित वाल्मीकि […]
चितवनमा कवि विमलाको एकलवाचन

चितवन, १४ भदौ । कवि विमला तुम्खेवा शुक्रबार साँझ चितवनका कविहरुको माझमा प्रस्तुत भइन् । नेपाली लेखक सङ्घ चितवन शाखाले कवि तुम्खेवाको एकल कविता वाचन राखेको थियो । भरतपुरस्थित होटल अशोकामा आयोजना गरिएको कार्यक्रममा कवि तुम्खेवाले विभिन्न कविताहरु वाचन गरिन् । एउटा कविता यस्तो थियो : जङ्गल जस्तो घर र तपटेनको आमा हरेक बिहान धुवाँजस्तो […]
`म पनि पढ्छु´ को एघारौँ शृङ्खला विश्वप्रकाश माविमा

भरतपुर, १० भदौ । `म पनि पढ्छु´ कार्यक्रमको एघारौँ शृङ्खला श्री विश्वप्रकाश माध्यमिक विद्यालय भरतपुर – १५ मङ्गलपुर, चितवनमा गरिएको छ । विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराइ रचनात्मक एवम् सिर्जनशील बनाउन विद्यालयमा यो कार्यक्रम गरिएको शिक्षक विपिन पाठकले जानकारी दिए । कार्यक्रममा विद्यार्थी सन्तबहादुर बिकले बाँसुरी बजाएर सबैलाई स्वागत गरेका थिए । त्यसपछि विद्यार्थीले विभिन्न […]
१८ औँ वर्षको इतिहास रच्दै चितवन फ्लेक्स

भरतपुर, ३ भदौ । नारायणगढको कमलनगरमा रहेको चितवन फ्लेक्स (चितवन डिजिटल फोटो एन्ड फ्लेक्स प्रिन्ट) १८ औँ वर्षमा प्रवेश गरेको छ । २०६५ साल जेठ ९ गते २ वटा मेसिन राखेर शुभारम्भ भएको चितवन फ्लेक्समा अहिले अत्याधुनिक ४ वटा मेसिनसहित १५ जना दक्ष कर्मचारी छन् । चीन र जापानबाट १५ लाख रुपैयाँ बराबरका मेसिन ल्याएर […]
लेट्स टकको पहिलो मञ्चमा उदित र मेनकाको कवितावाचन

भरतपुर, २३ साउन । लेट्स टकको ९६ ओैं शृङ्खलामा कवि उदितप्रकाश सिग्देल र मेनका चापागाईंले कवितावाचन गरेका छन् । शुक्रबार भरतपुरस्थित होटल अशोकामा आयोजित कार्यक्रममा कविद्वयले कविता प्रस्तुत गरेका हुन् । `पहिलो मञ्च´ शीर्षकको कवितावाचन कार्यक्रममा दुबै कविलाई कविता सुनाउन भनेर पहिलोपटक मञ्चमा राखिएको लेट्स टकका संयोजक आकाश पौडेलले बताए । कविद्वयसँग लेखराम सापकोटाले `कविता […]
गैंडाकोटमा `मुनामदन´ नाटक हेर्न विद्यार्थीको लस्कर

गैँडाकोट, २२ साउन । पोखरा थियटरले चितवनका कर्मी चौतारी र तरङ्ग नाट्य समूहलाई साथमा लिएर तयार पारेको नाटक ‘मुना–मदन’ गैँडाकोटमा मञ्चन भैरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुप्रचर्चित खण्डकाव्य ‘मुनामदन’को मुख्य कथालाई नाट्य रूपान्तरण गरेर उनीहरु चितवन आइपुगेका हुन् । समाज परिवर्तनको लागि विद्यार्थीहरुलाई प्रशिक्षित गराउने उद्देश्यसहित कविताको रूपान्तरित नाटक अहिले गैँडाकोटमा चलिरहेको छ । […]
चितवनमा विद्युत् प्राधिकरणले निकाल्यो लोडसेडिङ तालिका

चितवन, ११ साउन । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले दैनिक ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढ्न गएको भन्दै आज साउन ११ गतेदेखि लागु हुनेगरी लोडसेडिङ तालिका सार्वजनिक गरिएको हो । वितरण केन्द्र चनौली अन्तर्गत पर्ने नारायणी-माडी, मेघौली-विजयनगर-शुक्रनगर र जगतपुर-रामपुर फिडरहरूमा […]
भरतपुरमा विश्वकै अग्रणी ई–स्कुटर ब्रान्ड ‘याडिया’ सोरूम उद्घाटन

चितवन, ५ साउन । नेपालमा विद्युतीय दुईपाङ्ग्रे सवारीको बजार तीव्र बन्दै गएको समयमा विश्वकै सबैभन्दा ठूलो ई-स्कुटर ब्रान्ड मानिने YADEA (याडिया) ले भरतपुर–१२, केन्द्रीय बसपार्क नजिक नयाँ सोरूम सञ्चालनमा ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक( KUZU Nepal Pvt. Ltd.)को वितरण सञ्जालमार्फत स्थानीय अधिकृत डिलर आयाम मोटर्सले सोरूमको विधिवत् उद्घाटन गरेको हो । कार्यक्रममा स्थानीय […]
लायन्स क्लब अफ भरतपुरका अध्यक्ष मजाकोटीद्वारा अतिथिलाई मायाको चिनोस्वरुप किताब उपहार

भरतपुर, २९ असार । लायन्स क्लब अफ भरतपुर वर्ष २०२४/०२५ का अध्यक्ष सन्तोष मजाकोटीले आफ्नो कार्यकाल सम्पन्न गरी वर्ष २०२५/०२६ का अध्यक्ष लायन मनोज खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको छ । शनिबार होटल पौवा भरतपुरमा आयोजित कार्यक्रममा मजाकोटीले खड्काको टिमलाई पद हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संस्थापक अध्यक्ष लायन दीपककुमार राना, पूर्व अध्यक्ष तथा भरतपुर […]
सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’ आउँदै

भरतपुर, २१ जेठ । गजलकार सरस्वती पौडेलको पहिलो गजलसङ्ग्रह ‘प्रत्यूष’ सार्वजनिक हुने भएको छ । गजल मञ्च चितवनको प्रकाशन तथा सम्पूर्ण किताब नारायणगढको वितरणमा बजारमा आउन लागेको यस कृतिले समकालीन नेपाली गजल साहित्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । महिलाकस संवेदना, दृष्टिकोण र अनुभूतिलाई केन्द्रित गर्दै लेखिएका गजलहरुले प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको […]
नेपाल मै पहिलोपटक भरतपुरमा रक्तदान महोत्सव

चितवन, २० जेठ । विश्व रक्तदाता दिवस – २०२५ को विशेष अवसरमा नेपालमै पहिलोपटक ऐतिहासिक रक्तदान महोत्सव यही जेठ ३१ गते (जुन १४) भरतपुरस्थित उद्योग संघको सभाहलमा आयोजना हुँदैछ । ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला शाखा चितवनको आयोजनामा हुन लागेको यो कार्यक्रमले स्वेच्छिक रक्तदानको संस्कृति मजबुत बनाउने उद्देश्य लिएको छ । कार्यक्रममार्फत १५०० युनिटभन्दा बढी […]
`विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´ माथि विमर्श

भरतपुर, २९ वैशाख । प्राध्यापक कृष्ण खनालको पुस्तक `विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति´को सन्दर्भमा रहेर भरतपुरमा विमर्श कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजना र गिरिजा – सुशील स्मृति प्रतिष्ठान चितवनको सहआयोजनामा भरतपुर- ५ स्थित डबका रिसोर्टमा शनिबार कार्यक्रम गरिएको हो । विमर्श कार्यक्रममा देवकी गौतम, प्रेम रिमाल […]