विश्व कविता दिवसमा चितवनमा कविता वाचन तथा विमर्श

भरतपुर, ७ चैत ।
विश्व कविता दिवसको अवसरमा चितवनमा कविता वाचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । हरेक वर्ष मार्च २१ मा विश्वभर यो दिवस मनाइने गरिन्छ ।

अक्षर समूह चितवनको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भूपिनको मन्तव्यसँगै कार्यक्रम सुरु गरिएको थियो । समूहले केही वर्षयता यस अवसरमा नियमितरूपमा साहित्यिक कार्यक्रम गर्दै आएको जनाएको छ ।

कार्यक्रममा ईश्वर कँडेल, लेखराम सापकोटा, नरेन्द्रराज पौडेल, उदित प्रकाश सिग्देल, मेनका चापागाईं, विद्या भण्डारी चिराग, विदुर अधिकारी, प्रकृति प्रेमी, मनोज विक्रम विष्ट, तुलमान गुरुङ, ऋषभदेव घिमिरे, महेश्वर पन्त, राजेन्द्र केसी, विष्णुमाया कट्टेल, प्रकाश त्रिपाठी र तिलक पन्थीलगायतले कविता, गजल तथा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा अङ्ग्रेजी, गुरुङ र देउडा भाकाका रचनाहरूको समेत प्रस्तुति रहेको थियो ।

विश्व कविता दिवस सन् १९९९ मा युनेस्को (यूनेस्को) ले घोषणा गरेपछि औपचारिक रूपमा मनाउन थालिएको हो । पेरिसमा आयोजित यूनेस्कोको महासम्मेलनले हरेक वर्ष मार्च २१ लाई विश्व कविता दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

यस निर्णयसँगै सन् २००० देखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आएको छ । कवितामार्फत भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण, स्रष्टाहरूको प्रोत्साहन तथा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
यस अवसरमा विश्वका विभिन्न देशहरूमा कविता वाचन, साहित्यिक गोष्ठी, विमर्श तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट