दशैँको शुभकामनासँगै साहित्यका तीन कोसेली सार्वजनिक हुँदै

भरतपुर, २६ असोज ।
अक्षर समूह चितवनले बडा दशैँ–२०८३ को अवसरमा शुभकामना आदानप्रदानसहित तीनवटा साहित्यिक कृति लोकार्पण गर्ने भएको छ ।

असोज २९ गते बिहान ७:४५ बजे भरतपुरस्थित होटल अशोकामा कार्यक्रम आयोजना गर्न लागिएको समूहका अध्यक्ष लेखराम सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा अक्षर समूह चितवनका पूर्वअध्यक्ष रमेश प्रभातको गजलसङ्ग्रह ‘आँगनीमा फूल रोपेँ’, गजल मञ्च चितवनका संस्थापक अध्यक्ष किसान प्रेमीको मुक्तकसङ्ग्रह ‘पीडाको पहाड’ र सुजन कँडेलको मुक्तकसङ्ग्रह ‘सिमली’ एकसाथ लोकार्पण गरिनेछ ।

तीनवटै कृतिका प्रकाशक क्रमशः चितवन साहित्य परिषद्, गजल मञ्च चितवन र सुन्दर स्वदेश प्रकाशन रहेका छन् ।

लोकार्पित कृतिमाथि कवि सामना पहाडले टिप्पणी प्रस्तुत गर्नुहुनेछ भने तीनै जना कृतिकारले आफ्ना रचना वाचन गर्नुहुनेछ ।

कार्यक्रमको अन्त्यमा चियापान तथा बडा दशैँको शुभकामना आदानप्रदान गरिने अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट