इलाका प्रहरी कार्यालय खैरहनीमा दुर्गा मन्दिर उद्घाटन

खैरहनी, २५ असोज ।

चितवनको खैरहनीस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको दुर्गा मन्दिरको घटस्थापनाको अवसरमा उद्घाटन गरिएको छ ।

खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाँ र नगर उपप्रमुख कविता उप्रेतीले शनिबार संयुक्त रूपमा मन्दिरको उद्घाटन गर्नुभएको हो ।

खैरहनी नगरपालिका, नगर उपप्रमुख उप्रेती, स्थानीय व्यवसायी तथा विभिन्न व्यक्तिहरूको सहयोगमा मन्दिर निर्माण गरिएको हो । मन्दिरका लागि नगर उपप्रमुख उप्रेतीले दुर्गा माताको मूर्ति सहयोग गर्नुभएको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष कुमार खनालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन कार्यक्रमअघि इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक सागर पन्त कर्ता बनेर विधिपूर्वक पूजाआजा गर्नुभएको थियो ।

प्रहरी कार्यालय परिसरमा मन्दिर निर्माण भएसँगै प्रहरी कर्मचारी तथा त्यहाँ आउने सेवाग्राहीलाई पूजाआजा गर्न सहज हुने अपेक्षा गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट