लायन्सद्वारा गैँडाकोटका २०० घरधुरीलाई राहत वितरण

गैंडाकोट, २५ असोज । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ आरले नारायणी नदीमा आएको बाढीबाट प्रभावित गैँडाकोट नगरपालिका–२ का करिब २०० घरधुरीलाई राहत सामग्री वितरण गरेको छ । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसिआइएफ) बाट EMR29331-325R परियोजनामार्फत प्राप्त सहयोगबाट आइतबार बाढी प्रभावित परिवारलाई खाद्यान्न, सरसफाइ सामग्री, भान्साका सामान तथा ओढ्ने–ओछ्याउने सामग्री वितरण गरिएको हो । गत असोज ११ […]

मिलिजुली बहुउद्देश्यीय सहकारीको अध्यक्षमा राजेन्द्रबाबु ढकाल

चितवन, २५ असोज । भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित श्री मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजेन्द्रबाबु ढकाल चयन भएका छन् । संस्थाको २८औँ वार्षिक साधारण सभा तथा १२औँ अधिवेशनबाट ढकालको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो । नवनिर्वाचित समितिको उपाध्यक्षमा इन्दिरा पराजुली अधिकारी, सचिवमा रामचन्द्र चालिसे र कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् […]

भोटेकोशी बाढीमा विद्यार्थीको जीवनरक्षा गर्ने शिक्षिका आचार्यलाई ‘मीना दिदी पुरस्कार’

काठमाडौं, २५ असोज । यस वर्षको ‘मीना दिदी पुरस्कार–२०८३’ रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई प्रदान गरिने भएको छ । भोटेकोशीमा आएको विनाशकारी बाढीका बेला विद्यार्थीहरूको जीवनरक्षाका लागि उनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको सम्मान गर्दै पुरस्कारका लागि छनोट गरिएको पुरस्कार समितिका सदस्यसचिव उमानाथ पोखरेलले जानकारी दिए । रसुवाको उत्तरगया गाउँपालिका–५ निवासी आचार्यले २०८३ भदौ १० गते […]

एउटा भाइरल भिडियो (कथा)

स्रष्टा मेनका चापागाईं काप्रीको ‘एउटा भाइरल भिडियो’ कथा पढ्दा एउटा सानो घटनाले प्रतिभाको पहिचान र जीवनमा ल्याउन सक्ने परिवर्तनलाई सरल ढङ्गले प्रस्तुत गरेको पाइन्छ । कथामा बाँसुरीको मधुर धुन, रहस्यमय प्रतीक्षा, पात्रप्रतिको जिज्ञासा र अन्त्यमा प्राप्त हुने सुखद सन्तुष्टि सुन्दर पक्ष हुन् । पछिल्लोपटक कवितामार्फत आफूलाई साहित्य लेखनमा सक्रिय बनाइरहेकी चापागाईंको कथा कायाकैरनमार्फत पाठकमाझ ल्याएका […]

इलाका प्रहरी कार्यालय खैरहनीमा दुर्गा मन्दिर उद्घाटन

खैरहनी, २५ असोज । चितवनको खैरहनीस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको दुर्गा मन्दिरको घटस्थापनाको अवसरमा उद्घाटन गरिएको छ । खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाँ र नगर उपप्रमुख कविता उप्रेतीले शनिबार संयुक्त रूपमा मन्दिरको उद्घाटन गर्नुभएको हो । खैरहनी नगरपालिका, नगर उपप्रमुख उप्रेती, स्थानीय व्यवसायी तथा विभिन्न व्यक्तिहरूको सहयोगमा मन्दिर निर्माण गरिएको हो । […]

बूढीगण्डकी बाढी : घर र पुल बगायो, तटीय बस्ती जोखिममा

गोरखा । गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको बाढीले विभिन्न स्थानमा घर तथा पुल बगाउनुका साथै तटीय बस्ती र जलविद्युत् आयोजनाको निर्माणस्थलमा क्षति पुर्‍याएको छ। बाढीले गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुर्‍याएको हो। बाढीका कारण केही घर बगेका छन् भने कतिपय घरमा पानी पसेको छ। नदी किनारका अन्य घरसमेत जोखिममा परेका […]

बूढीगण्डकी नदीमा लेदो सहितको बाढी, तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित बूढीगण्डकी नदीमा लेदो सहितको बाढी आएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आइतबार सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित हुन सक्ने गोरखा, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित […]