गजल प्रस्तुति र मुशायराले भरतपुरमा साहित्यिक रङ

भरतपुर, ७ चैत । चितवनमा अन्तर्राष्ट्रिय साङ्गीतिक मुशायरा तथा पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । छन्द काव्य प्रतिष्ठानको आयोजना तथा विभिन्न साहित्यिक संघसंस्थाको सहकार्यमा आयोजित कार्यक्रममा देशका विभिन्न प्रदेशबाट आएका गजलकारहरूले सशक्त प्रस्तुति दिएका थिए । मुशायरामा गजल वाचनसँगै साङ्गीतिक प्रस्तुति समेत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सपना रैला, शिव […]

घर, चर र वर (कविता)

घरबाट चरमा खस्नु काकाकुलमै अभिसप्त हुँदोरहेछ नर वर हो जो काकी चबाउँछिन् घर भर हो- जहाँ विचरो एक्लो हुन्छ जिउँदा बा काँध चढ्छन् पोखरीकै पानी उबाउँछन् बाआमाले नै छोराछोरी टुहुरा बनाउँदारहेछन् । घरको वन काट्न पाइँदैन समुद्रलाई ज्वालामुखी फूट्नेगरी बालुवामा प्वाल पार्ने हरियो वन नेपालको धन के तिमीहरूको मात्रै सम्पत्ति हो ? जिउँदा मान्छेलाई अक्सिजनको […]

विश्व कविता दिवसमा चितवनमा कविता वाचन तथा विमर्श

भरतपुर, ७ चैत । विश्व कविता दिवसको अवसरमा चितवनमा कविता वाचन तथा विमर्श कार्यक्रम सम्पन्न गरिएको छ । हरेक वर्ष मार्च २१ मा विश्वभर यो दिवस मनाइने गरिन्छ । अक्षर समूह चितवनको आयोजनामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष भूपिनको मन्तव्यसँगै कार्यक्रम सुरु गरिएको थियो । समूहले केही वर्षयता यस अवसरमा नियमितरूपमा साहित्यिक कार्यक्रम गर्दै आएको जनाएको […]

शुक्रबार सार्वजनिक बिदा

काठमाडौं, ७ चैत । आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा परेको छ । यही चैत १३ गते शुक्रबार रामनवमी परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको छ । २०८१ फागुन १५ गते राजपत्रमा प्रकाशित २०८२ सालको सार्वजनिक बिदासम्बन्धी गृह मन्त्रालयको सूचनामा चैत १३ गते रामनवमीको बिदा दिइएको उल्लेख छ ।

`धर्तीमुनिका तारा´ कथासङ्ग्रहको गृह विमोचन

पर्वत, ७ चैत । साहित्यकार महेश्वर पन्तद्वारा लिखित ‘धर्तीमुनिका तारा’ कथासङ्ग्रहको गृह विमोचन गरिएको छ। कालिभक्त–कृष्णा पन्त प्रतिष्ठान, फलेवासमा आयोजित कार्यक्रम अनेसास केन्द्रीय संस्कृति समितिका सह–संयोजक शान्ता बस्नेतको सभापतित्वमा सम्पन्न भएको हो । महिला शक्ति र सशक्तीकरणलाई विषयवस्तु बनाइएको उक्त कृतिको विमोचन प्रतिष्ठानका संरक्षक उर्मिला पन्तको प्रमुख आतिथ्यमा अनेसास सिक्किम (भारत) का सदस्य विष्णुमाया कट्टेल, […]