घरबाट चरमा खस्नु
काकाकुलमै अभिसप्त हुँदोरहेछ
नर वर हो जो काकी चबाउँछिन्
घर भर हो- जहाँ विचरो एक्लो हुन्छ
जिउँदा बा काँध चढ्छन्
पोखरीकै पानी उबाउँछन्
बाआमाले नै छोराछोरी
टुहुरा बनाउँदारहेछन् ।

घरको वन काट्न पाइँदैन
समुद्रलाई ज्वालामुखी फूट्नेगरी
बालुवामा प्वाल पार्ने
हरियो वन नेपालको धन
के तिमीहरूको मात्रै सम्पत्ति हो ?
जिउँदा मान्छेलाई
अक्सिजनको कर्तव्य हिमालको मात्रै हुन्छ ?
हरिया पातमा कानुन बनाउने तिमीहरू को हौ ?
कसले तलब भरिरहेको छ तिमीहरूलाई ?

मेरो माटोको सालमा नाल रोप्ने
तिमीहरूको आवाज कस्तो हुन्छ ?
कागजमा कानुन लेखेर
प्वाल पार्ने कागजी किरा
नक्साले मानिस बन्दैन
माटो चिन, यो बहुत उर्वर हुन्छ ।।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट