गजल प्रस्तुति र मुशायराले भरतपुरमा साहित्यिक रङ

भरतपुर, ७ चैत ।
चितवनमा अन्तर्राष्ट्रिय साङ्गीतिक मुशायरा तथा पर्यटन प्रवर्द्धन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । छन्द काव्य प्रतिष्ठानको आयोजना तथा विभिन्न साहित्यिक संघसंस्थाको सहकार्यमा आयोजित कार्यक्रममा देशका विभिन्न प्रदेशबाट आएका गजलकारहरूले सशक्त प्रस्तुति दिएका थिए ।

Oplus_2

मुशायरामा गजल वाचनसँगै साङ्गीतिक प्रस्तुति समेत गरिएको थियो, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । सपना रैला, शिव त्रिपाठी, विवश बलिभद्र कोइराला, गुरु ढकाल, स्वस्तिका बानियाँ, स्वस्तिका दाहाल, कमल अर्याल, धर्मराज स्याङ्तान, शीतल कादम्बिनी, विद्या भण्डारी ‘चिराग’, रोहित पराई, किसान प्रेमी, लक्ष्मीप्रसाद भण्डारी र धनराज गिरिलगायतका स्रस्टाहरूले गजलमार्फत दर्शक–श्रोतालाई मन्त्रमुग्ध पारे ।

साङ्गीतिक गजल प्रस्तुतिमा सुरज बज्राचार्य र विनोद थापाले वाद्यवादनमार्फत साथ दिएका थिए भने भारतबाट आएका गजलकार राजेश प्रभाकरको प्रस्तुति विशेष आकर्षणको रूपमा रहेको थियो ।

नेपाली साङ्गीतिक गजलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक विष्णु तिवारी ‘उषा’ले जानकारी दिइन् ।

जिल्लाबाहिर र भारतबाट आएका गजलकारलाई आइतबार मौलाकालिका मन्दिर, देवघाटधाम, सौराहा र पटिहानीको भ्रमण गराइने संयोजक तिवारीले जानकारी दिइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट