भरतपुरमा स्रस्टा सम्मान तथा प्रज्ञा पुरस्कार वितरण

भरतपुर, ५ चैत ।
भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानले विभिन्न विधाका स्रस्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । भरतपुर महानगरपालिकाको सभाकक्षमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख चित्रसेन अधिकारी र प्रज्ञाप्रतिष्ठानका अध्यक्ष इन्द्रप्रसाद रेग्मीले संयुक्तरूपमा सम्मान तथा पुरस्कार वितरण गरेका हुन् ।

कार्यक्रममा ‘कृष्ण बम मल्ल प्रज्ञा सम्मान’ नारायणप्रसाद खनाललाई प्रदान गरिएको छ, जसको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । यस्तै ‘भरतपुर प्रज्ञा सम्मान’ विजय गुरुङलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पनि ५० हजार ७८ रुपैयाँ रहेको छ ।

विधागत रूपमा प्रदान गरिएका ‘भरतपुर प्रज्ञा पुरस्कार’ अन्तर्गत काव्यतर्फ गोविन्दगोपाल खतिवडाको ‘वासना कि उपासना’ कवितासङ्ग्रह, निबन्धतर्फ सञ्जीव पौडेलको ‘छोटु’ संस्मरण तथा आख्यानतर्फ सुभाष घिमिरेको ‘सान्दाजू’ उपन्यास पुरस्कृत भएका छन् । प्रत्येक पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।

त्यसैगरी ‘वागीश्वरी प्रज्ञा पुरस्कार’ गायत्री अधिकारी को ‘वर्तमान’ उपन्यासलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि पनि २५ हजार ७८ रुपैयाँ छ ।

कार्यक्रममा सम्मानित स्रस्टाहरूको व्यक्तित्व र कृतित्वमाथि केदारनाथ खनालले टिप्पणी राखेका थिए भने प्रकाश चापागाईंले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण बालकृष्ण थपलिया ले गरेका थिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट