‘बखान’लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

भरतपुर, १२ चैत ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ ।

साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उपन्यास ‘बखान’ का लागि पराजुलीलाई दिने निर्णय गरेको हो । संस्थाका अध्यक्ष शशिकिरण रेग्मीका अनुसार आगामी शनिबार आयोजना हुने विशेष कार्यक्रममा पुरस्कार वितरण गरिनेछ । पुरस्कारको राशि २० हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई सशक्त रूपमा चित्रण गरिएको छ । अध्यक्ष रेग्मीले चितवन सहिदहरूको बलिदानले सिंचित भूमि भएकाले सोही पृष्ठभूमिमा लेखिएको यो कृतिलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिनुभयो ।

वि.सं. २०६४ मा स्थापना भएको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कारबाट यसअघि १२ जना स्रष्टा सम्मानित भइसकेका छन् । पराजुलीका यसअघि ‘कुमाता’, ‘मोम्चो’ तथा अंग्रेजी कथासंग्रह ‘ड्रिमी आइज’ प्रकाशित छन् । झण्डै दुई दशकदेखि पत्रकारितामा सक्रिय पराजुली हाल चितवनलाई आधार बनाएर पत्रकारिता गर्दै आउनुभएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट