गलौंदीमा भासिएको पृथ्वी राजमार्ग आजै खुलाउने तयारी

धादिङ, २४ असोज ।
धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौंदीमा सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि शुक्रबार साँझदेखि अवरुद्ध भएको राजमार्ग खुलाउन शनिबार बिहानैदेखि काम तीव्र पारिएको हो ।

सडक विभागका अनुसार स्थानीय तहसँग समन्वय गरी भासिएको सडक क्षेत्रको माथिल्लो भागमा ‘ब्याक कटिङ’ अर्थात् भित्तातर्फको जमिन काटेर वैकल्पिक सडक बनाउने काम सुरु गरिएको छ । सबै अवस्था सामान्य रहे करिब आठ घण्टाभित्र सडक खुलाउन सकिने विभागले जनाएको छ । त्यसअनुसार शनिबार अपराह्न ४ बजेदेखि यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधन रोकिएका छन् भने दसैँका लागि घर जाने यात्रुसमेत प्रभावित भएका छन् । सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरिएको छ ।

यसअघि स्थानीयस्तरमा अवरोध भएका कारण ब्याक कटिङको काम सुरु हुन सकेको थिएन । सम्बन्धित निकायसँग समन्वय र सहमति जुटेपछि अहिले काम अघि बढाइएको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट