बागमती प्रदेशमा नमूना कार्यालय विस्तार : सेवाग्राहीलाई २० मिनेटमै सेवा, लाइन बस्न नपर्ने

मकवानपुर, १२ चैत । बागमती प्रदेशअन्तर्गत दुईवटा कार्यालयलाई नमूना कार्यालयको रूपमा सञ्चालनमा ल्याइएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले जिल्लास्थित कार्यालयलाई सेवा सुधारसहित नमूना बनाउने कार्यक्रमअन्तर्गत फागुन २९ गतेदेखि उद्योग तथा वाणिज्य कार्यालय काभ्रेपलाञ्चोकमा नयाँ सेवासहित सञ्चालन सुरु गरेको हो । यसअघि उद्योग तथा वाणिज्य कार्यालय चितवनलाई गत वर्षको मंसिरदेखि पहिलो नमूना […]

चितवनमा सडक नाटकमार्फत बाल ओसारपसारविरुद्ध जनचेतना

चितवन, १२ चैत । बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर बालगृहमा लैजाने र उनीहरूको शोषण गर्ने प्रवृत्तिविरुद्ध चितवनमा ‘सुन्दरले घर सम्झिरहन्छ’ सडक नाटक पुनः मञ्चन गरिने भएको छ । कर्मी चौतारी र फ्युचर जेनेरेसन नेपालको सहकार्यमा तयार पारिएको उक्त नाटक बिहीबारदेखि कालिका नगरपालिकाका तीन विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको हो । नाटक विशेषगरी चितवनका पहाडी क्षेत्रमा […]

राप्तीमा भलिबल प्रतियोगिता र चैते दशैं मेला हुँदै

राप्ती, १२ चैत । पूर्वी चितवनको राप्तीस्थित शिखर सामुदायिक वन उपभोक्ता समूह र रियल गोर्खा युवा क्लबको संयुक्त आयोजनामा जिल्ला स्तरीय खुल्ला नकआउट भलिबल प्रतियोगिता तथा प्रथम चैते दशैं मेला एवं वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । चैते दशैंको अवसर पारेर चैत १४ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रमबारे आयोजकले बुधबार पत्रकार […]

‘बखान’लाई सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार

भरतपुर, १२ चैत । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीको ऐतिहासिक कृति ‘बखान’ लाई यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ । साहित्य संगम चितवनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यसपटक उपन्यास ‘बखान’ का लागि पराजुलीलाई दिने निर्णय गरेको हो । संस्थाका अध्यक्ष शशिकिरण रेग्मीका अनुसार आगामी […]