चितवन, १३ फागुन।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय चितवनले भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
कार्यालयका अनुसार फागुन १९ गते राति १२ बजेदेखि फागुन २२ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द रहनेछन् । निर्वाचन अवधिमा अवाञ्छित गतिविधि नियन्त्रण गर्दै शान्ति–सुरक्षा कायम राख्न उक्त निर्णय गरिएको प्रशासनले जनाएको छ ।




