म्यानमारमा सैन्य सरकारले गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु

म्यानमारको पश्चिमी राखाइन क्षेत्रमा सैन्य सरकारले गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आक्रमण बजार क्षेत्रमा गरिएको थियो, जहाँ सर्वसाधारणको भीड लागेको थियो । घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने महिला र बालबालिका पनि प्रभावित भएका छन् । उक्त क्षेत्र हाल विद्रोही समूहको प्रभावमा रहेको बताइएको छ । […]
डेराभित्र युवती मृत फेला, अनुसन्धानका लागि विशेष टोली परिचालन
गैंडाकोट, १३ फागुन । नवलपुरको गैँडाकोट नगरपालिका–२ शान्तिनगरमा एक युवती मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार मुसिकोट गाउँपालिका–९ घर भई गैँडाकोट–२ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन् । युवतीसँग सम्पर्क हुन नसकेको भन्दै उनका […]
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन सुरक्षा व्यवस्थापन गर्दै सेना

काठमाडौँ, १३ फागुन । नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको […]
प्रतिनिधिसभा निर्वाचनका लागि चितवन–भारत सीमा तीन दिन बन्द
चितवन, १३ फागुन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय चितवनले भारतसँग जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । कार्यालयका अनुसार फागुन १९ गते राति १२ बजेदेखि फागुन २२ गते राति १२ बजेसम्म सबै सीमा नाका बन्द […]
कुमरोज मध्यवर्ती वन नजिक राप्तीमा २० घडियाल गोही पुनःस्थापना

चितवन, १३ फागुन । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनसँगै बग्ने राप्ती खोलामा २० वटा घडियाल गोही छोडिएको छ । संरक्षण तथा प्रजनन कार्यक्रमअन्तर्गत ती घडियाललाई प्राकृतिक बासस्थानमा पुनःस्थापना गरिएको हो । कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त, सामुदायिक वनका अध्यक्ष राजुप्रसाद सिलवाल, पर्यटन व्यवसायी वासुदेव ढुङ्गानालगायतको उपस्थिति रहेको थियो । […]
घरदैलोमै भरोसा खोज्दै गुरुङ : चितवन–३ मा चुनावी सरगर्मी चरम

चितवन, १३ फागुन । देश यतिबेला निर्वाचनमय बनेको छ । राजनीतिक दलहरू आफ्ना उम्मेदवारलाई विजयी गराउन घरदैलो, कोणसभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेका छन् । प्रतिबद्धता, प्रतिज्ञापत्र र विकासका योजनासहित उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगिरहेका छन्ब। यही चुनावी माहोलले चितवन जिल्ला पनि पूर्ण रूपमा तातेको छ । सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारहरू […]
समर्थनको लहरसँगै अघि बढ्दै मीना खरेल

चितवन, १३ फागुन । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा चितवन जिल्ला क्षेत्र नम्बर २ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । मतदानको मिति आउन अब आठ दिन मात्र बाँकी रहँदा नेपाली कांग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएकी छन् । घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रममार्फत उनी मतदातासम्म सक्रिय रूपमा पुगिरहेकी छन् । […]