म्यानमारमा सैन्य सरकारले गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु

म्यानमारको पश्चिमी राखाइन क्षेत्रमा सैन्य सरकारले गरेको हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आक्रमण बजार क्षेत्रमा गरिएको थियो, जहाँ सर्वसाधारणको भीड लागेको थियो । घटनामा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने महिला र बालबालिका पनि प्रभावित भएका छन् ।

उक्त क्षेत्र हाल विद्रोही समूहको प्रभावमा रहेको बताइएको छ । सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा जारी द्वन्द्वका क्रममा हवाई आक्रमण तीव्र बन्दै गएको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ । पछिल्ला महिनाहरूमा सर्वसाधारण बसोबास गर्ने क्षेत्र र पूर्वाधारमा समेत आक्रमण बढेको भन्दै मानवअधिकार निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।
यस घटनाबारे सैन्य सरकारको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट