तुईन खोला क्षेत्रमा फ्लड लाइट जडान

चितवन, ३० फागुन ।
मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोला पुल नजिक माथिबाट जुनसुकै समयमा ढुङ्गा खस्न सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा रातिको समयमा पनि स्पष्ट देखिने गरी दुई वटा फ्लड लाइट जडान गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उक्त स्थानमा प्रकाशको व्यवस्था गरिएको हो । रातिको समयमा यात्रु तथा सवारी चालकले जोखिमयुक्त क्षेत्र सजिलै देख्न सकून् भन्ने उद्देश्यले फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सब-इन्जिनियर हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सवारी चालकलाई उक्त क्षेत्रमा ओभरटेक नगरी संयमित ढङ्गले सवारी चलाउन तथा सुरक्षित यात्रा गर्न सब–इन्जिनियर श्रेष्ठले अनुरोध गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट