मनकामनाबाट फर्किँदै गरेको माइक्रो दुर्घटना : मृतक संख्या ७ पुग्यो

गोरखा, ३० फागुन । मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ […]

तुईन खोला क्षेत्रमा फ्लड लाइट जडान

चितवन, ३० फागुन । मुग्लिङ–नारायणगढ सडक खण्डअन्तर्गत तुईन खोला पुल नजिक माथिबाट जुनसुकै समयमा ढुङ्गा खस्न सक्ने सम्भावना देखिएकाले सो क्षेत्रमा रातिको समयमा पनि स्पष्ट देखिने गरी दुई वटा फ्लड लाइट जडान गरिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार दुर्घटनाको जोखिम न्यूनीकरण गर्न उक्त स्थानमा प्रकाशको व्यवस्था गरिएको हो । रातिको समयमा यात्रु तथा […]

प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन

कटारी (उदयपुर), ३० फागुन । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो । वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् कार्यक्रमका बीच प्रधानन्यायाधीश राउतलाई विद्यालय परिवारले अभिनन्दन गरेको हो । “यस विद्यालयको पूर्वविद्यार्थी राउतलाई देशको सर्वोच्च स्थानमा पुगेर दिनुभएको योगदानको कदर […]

अमेरिकी दाबीबीच तेहरानमा नेताहरूको सार्वजनिक उपस्थिति

अमेरिका र इजरायलको भीषण सैन्य आक्रमणपछि इरानको वास्तविक अवस्थाबारे विश्व शक्तिहरूबीच विरोधाभासपूर्ण दाबीहरू बाहिर आएका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी नेतृत्व “हताश भएर लुकिरहेको” र उनीहरू भूमिगत भएको दाबी गरिरहँदा तेहरानको सडकमा भने अर्कै दृश्य देखिएको छ । शुक्रबार अल-कुड्स दिवसको अवसरमा आयोजित विशाल र्‍यालीमा इरानी राष्ट्रपति मसउद पेजेस्कियान र विदेश मन्त्री […]