मनकामनाबाट फर्किँदै गरेको माइक्रो दुर्घटना : मृतक संख्या ७ पुग्यो

गोरखा, ३० फागुन
मनकामना दर्शन गरेर फर्किँदै गरेको ईभी माइक्रो बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको हो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य यात्रु घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।
मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक हुन् । उनीहरु मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट