अमेरिकी दाबीबीच तेहरानमा नेताहरूको सार्वजनिक उपस्थिति

अमेरिका र इजरायलको भीषण सैन्य आक्रमणपछि इरानको वास्तविक अवस्थाबारे विश्व शक्तिहरूबीच विरोधाभासपूर्ण दाबीहरू बाहिर आएका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी नेतृत्व “हताश भएर लुकिरहेको” र उनीहरू भूमिगत भएको दाबी गरिरहँदा तेहरानको सडकमा भने अर्कै दृश्य देखिएको छ ।

शुक्रबार अल-कुड्स दिवसको अवसरमा आयोजित विशाल र्‍यालीमा इरानी राष्ट्रपति मसउद पेजेस्कियान र विदेश मन्त्री अब्बास अराघची सार्वजनिक रूपमै सहभागी भए । बमबारीको उच्च जोखिम र सुरक्षा चुनौतीका बीच पनि वरिष्ठ नेताहरू सडकमा उत्रिएर इरानले आफ्नो मनोबल र राजनीतिक स्थिरता अझै कायम रहेको सन्देश दिन खोजेको छ । वासिङ्टनले इरानी सत्ता पतनको संघारमा रहेको दाबी गरे पनि तेहरानको यो उपस्थितिले युद्धको मैदानमा कडा मनोवैज्ञानिक र सूचनाको प्रतिस्पर्धा भइरहेको संकेत गर्दछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट