स्याङ्जामा वीपी विचार गोष्ठी तथा काव्य उत्सव

स्याङ्जा, ८ साउन ।
४४औँ वीपी स्मृति दिवसको अवसरमा नेपाली लेखक सङ्घ, स्याङ्जाले आयोजना गरेको ‘वीपी विचार गोष्ठी तथा काव्य उत्सव–२०८३’ वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न भएको छ ।

नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रा.डा. वासुदेव भण्डारीले प्रमुख कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ध्रुवप्रसाद शर्मा पङ्गेनीले टिप्पणी गर्नुभएको थियो । साथै विभिन्न साहित्यकार, शिक्षाविद् तथा सामाजिक व्यक्तित्वहरूले वीपी कोइरालाको विचार, साहित्य र लोकतान्त्रिक योगदानबारे धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा आयोजित ‘वीपी काव्य उत्सव–२०८३’ मा स्याङ्जाका तीन दर्जनभन्दा बढी स्रष्टाले आफ्ना कविता तथा सिर्जना वाचन गरेका थिए ।

नेपाली लेखक सङ्घ स्याङ्जाका उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गुरुप्रसाद ढकालले गर्नुभएको थियो भने संयोजन निवर्तमान अध्यक्ष तथा सङ्घका केन्द्रीय सचिव मिलन समीरले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेलाई नेपाली लेखक सङ्घ स्याङ्जाको तर्फबाट विशेष सम्मान गरिएको थियो । साथै प्रमुख वक्ता, टिप्पणीकर्ता र विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट