मौलाकालिका मन्दिरमा गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम

गैँडाकोट, २ साउन ।
धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थल मौलाकालिका मन्दिर परिसरमा शुक्रबार गैँडाकोट युवा भजन समूहको विशेष भजन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

युवाहरूको अग्रसरतामा आयोजित संगीतमय भजन–कीर्तनमा गैँडाकोटका सयौँ स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो । भजनको मधुर धुनसँगै मन्दिर परिसर भक्तिमय वातावरणले गुञ्जायमान बनेको थियो ।

कार्यक्रममा सहभागी भक्तजनहरूको सहज आवतजावतका लागि मौलाकाली केबलकारले सहुलियत दरमा टिकट उपलब्ध गराएकोमा आयोजकले आभार व्यक्त गरेका छन् । यस व्यवस्थाले धेरै श्रद्धालु भक्तजनलाई मन्दिर पुगेर दर्शन तथा पूजा–आराधना गर्ने अवसर मिलेको आयोजकको भनाइ छ ।

आयोजकले धर्म, संस्कृति र युवा एकतालाई प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने विश्वास व्यक्त गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट